अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिक फिर्ता लैजान थाल्यो

news
news
August 16, 8:50

एजेन्सी । अमेरिकाले अफगानिस्तानमा रहेको आफ्ना नागरिक फिर्ता लान थालेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा फसेका अमेरिकी कर्मचारी तथा अन्य नागरिकलाई फिर्ता लैजानका लागि थप सैनिक फौज पठाएका हुन् ।

शनिबार बाइडेनले जारी गरेको विज्ञप्तिमा घोषणा गरेका ५ हजार सेनामध्ये एक हजार सेना पहिले नै काबुल पुगिसकेका थिए ।

एक हजार फौजको एउटा बटालियन काबुलमा पुगेर तैनाथ गरिसकिएको हो । जवकि अमेरिकी रक्षा मन्त्रालयले यसअघि नै ३ हजार सैनिक पठाएको जनाएको थियो । तीन हजार सहित थप एक हजार सैनिक गरी ४ हजार सैनिकलाई काबुलमा तैनाथ गरिएको छ ।

यससँगै अमेरिकाले अफगानिस्तानमा फसेका आफ्ना कर्मचारी सहित नागरिकहरुलाई फिर्ता लैजाने क्रम सुरु गरिसकेको छ । अमेरिकी दूतावास र विभिन्न निकायमा कार्यरत नागरिकलाई अमेरिकाले फिर्ता लैजान थालेको हो ।

तालिबान लडाकूले अफगानिस्तानका विभिन्न सहर कब्जामा लिन थालेपछि अमेरिका लगायत विभिन्न देशले आफ्ना नागरिक फिर्ता लैजान थालेका हुन् । क्यानडाले भने महिला नेत्रीहरुसहित जोखिममा परेका २० हजार नागरिकलाई आश्रय दिने घोषणा गरेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा