kagendra

आश बोकी जानेहरु लाश बनि आँउदा : मलेसियाबाट एकै दिन २४ नेपालीको शव र अस्तु नेपाल ल्याइयो

Sab
Sab
August 22, 10:59

धनगढी – शनिवार एकै दिन मलेसियाबाट २४ जना नेपालीको शव र अस्तु नेपाल आई पुगेको छ । रोजगारीको सिलसिलामा मलेसियामा गएका र विभिन्न समयमा मृत्यु भएका नेपालीहरूको शव र अस्तु नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याएको हो ।

वैदेशिक रोजगार बोर्डले मलेसियाबाट नौ वटा शव र १५ वटा अस्तु गरी २४ युवकको शव आइपुगेको जनाएको छ । कोभिडका कारण नियमित उडान हुन नसक्दा शव सङ्कलन गरी एकै पटक ल्याइएको पनि बोर्डले जनाएको छ ।

९ वटा शव विमानस्थलबाटै मृतकका घरसम्म पठाइएको र अस्तु भने सम्बन्धित मृतकका आफन्तलाई डाकेर विमानस्थलमा जिम्मा लगाइने पनि बोर्डले जनाएको छ । झन्डै दुई दशक यता देशको आर्थिक मेरुदण्डको रूपमा रेमिटेन्स रहँदै आएको छ ।

तर विदेशमा कमाउन गएकाहरू भने शवको रूपमा फर्कने क्रम पनि बढ्दो छ । औसत दिनमा ३ वटा शव विदेशबाट आउने गरेको तथ्याङ्क वैदेशिक रोजगार बोर्डसँग रहेको छ ।

बोर्डको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा १ हजार २४२ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् । यस्तो सङ्ख्या अघिल्लो वर्ष ६७४ जना मात्रै थियो ।

suvkamna
suvkamna
suvkamna
Add
Add
Add
Dipayal silgadhi nagrpalika
Sain nepal
Sain nepal

सम्बन्धित वर्गका समाचारहरू

एक वर्षमा गौरीफन्टा–गड्डाचौकीबाट साढे ४ लाख नागरिक…
महेन्द्र बम,धनगढी - २० वर्षदेखि भारत जान थालेका अछामको ढकारी गाउँपालिकाका भैरे कामी १८ वर्षका छोरा… विस्तृतमा
गरिब–असहायको सहारा बनिरहेकी जयन्ती : तीजको अवसरमा विपन्नलाई राहत…
दैलेख – हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर दैलेखमा आर्थिक अवस्था कमजोर भएका… विस्तृतमा
विद्यार्थी रमिता चन्दले साईप्रसबाट रकम संकलन गरि बिपन्न…
जेठ२८,२०७८ साईप्रसमा अध्ययरत विद्यार्थी रमिता चन्दले एक लाख बढि आर्थिक सहयोग संकलन गरि नेपालका… विस्तृतमा
जयन्ती थापाको कथाः कर्म अमेरिकातिर, समाजसेवा पश्चिम…
सीताराम ओझा - अमेरिका धेरैका लागि सपनाको देश । त्यहाँ पुगेपछि नेपाल फर्किन जो कोही चाहदैंनन् । वरु… विस्तृतमा