धनगढी विमानस्थल एक महिना बन्द हुने

Dhangadhi Airport
Dhangadhi Airport
April 25, 1:13

कैलाली : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछि लामो धा वन मार्ग रहेको धनगढी विमानस्थल एक महिना बन्द हुने भएको छ । विमानस्थलमा बिहीबार बसेको बैठकले धा वन मार्ग कालोपत्रेका लागि विमानस्थल वैशाख २२ गते देखि जेष्ठ २१ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । ‘विमानस्थलमै बसेको बैठकले विमानस्थल बन्द गर्ने निर्णय गरेको हो । धनगढी विमानथ्ल प्रमुख तेज बहादुर बुढ्थापाले भने ‘सबै विमानहरूलाई उक्त जानकारीका लागि सूचनाका पकशन गरिदिन नेपाल नागरिक उड्णन प्राधिकरणको प्रधान कार्यालयलाई आग्रह गर्ने निर्णय पनि गरिएको छ । 
सामान्यतया विमानस्थलको कालोपत्रे ओभरलेयको काम १० वर्षमा गर्नुपर्ने हुन्छ । तर धनगढी विमानस्थलमा भने झन्डै १४ वर्ष पछि कालोपत्रे सुधारको काम गर्न लागिएको हो । 
अब झन्डै १८ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको कार्य सुरु हुने भएको हो । त्यसको ठेक्का लुम्बिनी, कोसी एन्ड न्यौपाने, खड्का, कोइराला जे भी काठमाडौँले पाएको छ । 
नेपाल नागरिक उड्यान प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्बाइको कालोपत्रे धावनमार्ग छ । १७ करोड ८८ लाखमा अव धावनमार्गमा थप कालोपत्रे गरिने छ भने दुवैतर्फ २÷२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना समेत रहेको छ । 
 

 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा