अब सातै प्रदेशबाट लाइसेन्स

Lisence
Lisence
May 02, 7:35

काठमाडौं, १९ वैशाख - यातायात व्यवस्था विभागले तीन महिनाभित्र बाँकी रहेका सवारी अनुमतिपत्र ९लाइसेन्स०को प्रिन्ट गरिसक्ने जनाएको छ। मन्द्रास सेक्युरिटी प्रिन्टर्ससँग प्रिन्ट तथा कार्ड खरिद तथा छपाइका लागि सम्झौता गरेपछि बाँकी काम छिट्टै सकिने विभागको दावी छ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बढीमा तीन महिनाभित्र सबै बाँकी लाइसेन्स प्रिन्ट गरिसक्ने जानकारी दिए। उनले भने ‘हामीले अबको तीन महिनामा प्रिन्ट र डेलिभरी गर्छौ्र, बाँकी रहेका लाइसेन्स सबै प्रिन्ट हुन्छ, पहिलो चरणमै सात लाख ५० हजार स्मार्टकार्ड ल्याउँछौं।’ विभागमा प्रिन्ट गर्न बाँकी लाइसेन्सको संख्या छ लाख पुगेको छ। मास प्रिन्टरले प्रतिघण्टा पाँच सय स्मार्टकार्ड प्रिन्ट गर्ने र सफ्टवेयर पनि सोही अनुसार डिजाइन गरिने महानिर्देशक दाहालको भनाइ छ।

प्रिन्ट गरेर सकिएलगत्तै प्रदेश कार्यालयबाट पनि लाइसेन्स प्रिन्टको काम सुरु गर्ने तयारी भएको विभागले जनाएको छ। ‘हामी प्रदेशहरूमा पनि सफ्टवेयर विकास गर्दै छौँ, प्रदेशबाट लाइसेन्स प्रिन्ट र वितरणको काम सुरु भएपछि लाइसेन्स पाउन कुर्नुपर्ने समस्या रहदैन्’ दाहालले भने।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा…
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा