बाजुरामा पाँच परिवारले एमाले परित्याग गरी काँग्रेसमा प्रवेश

news doti
news doti
September 15, 9:44

बाजुरा – जिल्लाको बडीमालिका नगरपालिका–८ बाउलीका पाँच परिवार नेकपा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । 
मंगलबार टोल भेटघाट कार्यक्रम तथा पाटीको १४ औं महाधिवेश तथा सातौ जिल्ला अधिवेशनका तयारीका विषयमा छलफलमा एमालेका सक्रिय कार्यकर्ता  परिरत्याग गरी काँग्रेस प्रवेश गरेको नेपाली काँग्रेस बाजुराका जिल्ला कार्य समिति सदस्य तथा बडीमालिका नगरपालिका–८ का वडाध्यक्ष प्रकाश रावलले जानकारी दिएका छन् । 
उनले दिएको जानकारी अनुसार नेकपा एमालेका सक्रिय कार्यकर्ता पाटी परित्याग गरी नेपाली काँग्रेस प्रवेश गर्नेमा गोरख लामा,पेमा गुरुङ्,प्रमिला विष्ट९भोटे० र लक्ष्मी गुरुङ् लगायत पाँच परिवार काँग्रेसमा प्रवेश गरेको काँग्रेस युवा नेता   रावलले बताए । 
एमालेको नेतृत्वको सरकारले जनताको हित विपरित कार्य गर्दै आएको र जनताको मतको कदर नगरी पटक पटक ससद विघटन र आफु निकटका नातेदारलाई हाली मुहाली गराउदै आएकाले उक्त कार्यप्रति असन्तुष्टी जनाउदै काँग्रेस प्रवेश गरेको नवप्रवेशीले  लामाले बताएका छन् । 
नवप्रवेशीले ओली नेतृत्वको दुई तिहाइको सरकारले गरेका कार्य र अराजकता शैली प्रति हैरानी खेप्दै आएकाले जनताको हितमा काम नगर्ने पाटी भन्दा जनताको सुख दुखको पाटी र जनताका पीर मर्का र जनताको मतको कदर गर्ने नेपाली काँग्रेसको कार्य प्रति सन्तुष्टी भएकाले काँग्रेस प्रवेश गरेको प्रवेशी गोरख लामाले बताएका छन् । 
उनले काँग्रेस प्रवेशपछि पाटीको हितमा हुने कार्य गर्दै सशक्त र बलियो बनाउन प्रति लाग्ने नवप्रवेशी बताए ।  पाँच परिवारलाई काँग्रेस युवा नेता तथा वडाध्यक्ष प्रकाश रावल सहितका नेताहरुले प्रवेश गराएका हुन् । 
नेपाली काँग्रेसको १४ औं महाधिवेशन तथा सातौ जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा एमाले माओवादी लगायतका पाटी परित्याग गरी काँग्रेस प्रवेश गर्नेको संख्यामा वृद्धि हुदै गएको नेपाली काँग्रेस बाजुराले जनाएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा