धनगढीमा संञ्चालन भएको  मानव अधिकार मैत्री पत्रकारिता तालिम सम्पन्न

news
news
September 18, 1:48

धनगढी । राष्ट्रिय मानव अधिकार आयोग र नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिको समन्वयमा भएको  राष्ट्रिय मानव अधिकार मैत्री ३ दिने पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिलि थापाले पत्रकारिता पेसालाई इमान्दार रुपमा अगाडि बढाउनका लागि मानव अधिकार पत्रकारिताको थालिनी गर्नुपर्ने बताउनु भएको छ ।  

आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले मानव अधिकारको प्रवद्र्धन लागि कलम चलाउन पत्रकारहरुलाई सुझाव दिनु भएको थियो । यस्तै नोपल पत्रकार महासंघ सुदुरपश्चिमका अध्यक्ष योगेश रावलले मानव अधिकारमैत्री पत्रकारीता गर्नु पर्ने बताए ।

त्यस्तै ३ दिन दिने तालिमको सहजीकरण गर्नु भएकि राष्ट्रिय मानव अधिकार आयोगकी उप सचिव मन्जु खतिवडाले पत्रकारिता तथा सञ्चार क्षेत्र समाज परिवर्तनको महत्वपूर्ण अंग भएकाले अनिमियतता रोक्ने कार्यमा पनि उत्तिकै भूमिका रहेको बताउनु भयो । उहाँले व्यक्तित्व विकास र क्षमता अभिवृद्धिले समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि तालिमको आयोजना गरिएको जिकिर गर्नु भयो । उपसचिव खतिवडाले सबैको मानव अधिकार सुरक्षित हुने गरी समाचार सम्प्रेशन गर्न तालिममा सहभागि पत्रकारहरुलाई आग्रह गर्नु भएको थियो । 

तिन दिने पत्रकारीता तालिममा आयोगका सदस्य थापा, प्रवक्ता डा.टिकाराम पोख्रेल, सह सचिव नवरावज सापकोटा, आयोगकि उप सचिव खतिवडा, मोहन जोशी लगायतले सहजीकरण गर्नु भएको थियो । समापन कार्यक्रममा प्रशिक्षणमा सहभागी सुदुरपश्चिम प्रदेशको ९ जिल्ला मध्य ८ जिल्लाका २८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा