डोटी प्रहरीद्वारा चेकजाँचमा कडाइ

news
news
September 21, 1:25

डोटी, ५ असोज/दसैँ तिहार नजिकिए सगै जिल्ला प्रहरी कार्यालय डोटीले चेकजाँचमा कडाइ गरेको छ ।जिल्लाका विभिन्न स्थानका ग्रामिण सडकमा गईरहेका सार्वजनिक सवारी साधनहरूमा यात्रुहरूलाई ठगी गर्ने , तोकिएको भाडा दर भन्दा बढी भाडा असुल्ने, अवैध सरसामान ओसारपसार गर्ने लगायतका कार्य नियन्त्रण गर्नका लागी कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

साथै जिल्ला प्रहरी कार्यालय डोटीले राजमार्गको विभिन्न स्थानमा अनुगमन तथा चेकजाँच कार्य सुचारु गरेको छ । यात्रुहरूलाई कुनै समस्या परेमा वा कोही कसैबाट ठगिएमा जिल्ला प्रहरी कार्यालय डोटीको निःशुल्क फोन नं १०० वा ०९४–४२०२०५ मा सम्पर्क गर्नुहुन समेत सबैमा अनुरोध गरेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा