नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश

news
news
September 30, 9:40

काठमाडौँ: नेपाल पुलिस क्लब छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् राखेपको कभर्डहलमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस सेमिफाइलनमा प्रवेश गरेको हो। राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको पुलिसले ढोरपाटनमाथि २५–१९,२५–१८ र २५–१९ को सेटमा जीत निकाल्यो। यस जीतसँगै पुलिस सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ। यसअघि साविक विजेता हेल्प नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ। भारतीय खेलाडीसहित कोर्ट उत्रिएको हेल्पले नयाँ बजार सामाजिक युवा क्लबलाई २५–२०,२५–१० र २५–१७ मा पराजित ग¥यो। नेपाल भलिबल सङ्घले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ छ टोलीको सहभागिता रहेको छ। जसमा च्याम्पियनसिपबाट पुरुषतर्फ सात र महिलातर्फ पाँच टोली आगामी चैतमा आयोजना हुने क्लब लिगका लागि छनोट हुनेछन्। जारी प्रतियोगिताको महिला तथा पुरुष विजेताले चार लाख प्राप्त गर्दा उपविजेताले दुई लाख पाउनेछन्। त्यस्तै तेस्रो हुने टोलीले एक लाख प्राप्त गर्नेछन्।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा