डोटीका हजारी धनगढी पुगे पछि.......
मोहन पनेरु
असोज १८ धनगढी
पछिलो समयमा टिकटकबाट निकै चर्चित (हजारी) हिजो आज धनगढीमा टिकटक बनाउनमा निकै व्यसत देखिन्छन । डोटीको हिखर नगरपालिका ३ आलिअतुराली घर भएका निश्चल नरेश बोगटी टिकटकमा ( हजारी ) नामबाट निकै चर्चित भएका छन ।
उनि असोज १० गते धनगढीमा आएका थिए । उनि घर बाट मनोरञ्जन गर्ने उदश्यले धनगढी आएको उनले बताए । उनलाई गाडीमा देख्ने जति सबैले हजारी भनेर चिनेका थिए भने गाडी भित्रनै फोटो खिच्नेको लाईन लाग्योे । उनलाई अरुसंग फोटो खिच्न भ्याईनभ्याई भएको थियो । उनलाई कैलाली जिल्लाको हरेक ठाउँमा जाँदा बाटोमा हिडीरहँदा होस वा गाडीमा सवारी गर्दा होस बच्चा देखि बुुढा सम्म हजारी आउनु भो भन्दै उनि संग फोटो खिच्न र टिकटक बनाउन लागीहालने बोगटीले बताए । उनि आईतवार साँझ शिवपुरी धाममा शिव जीको दर्शन गर्न भनि आएका थिए , उनि त्यहाँ आउँदा सम्म उनि संग दुई जना मात्रै थिए,जब उनले आफ्नो डोटेली भाषामा आफ्नो टिकटक बनाई रहेका थिए । तेस पछि उनलाई अरु संग टिकटक बनाउनेको लाईन देखिएको थियो ।
कसरी भए टिकटकमा भाईरल हजारी
उनि पहिले देखिनै हाँस्या व्यांग तर्फ निकै चासो राख्ने गर्थे । उनि डोटीको दिल्पेश्वर माध्यामिक बिद्यालयमा पढ्दै गर्दा उनि बिद्यालयको कार्यक्रममा यस्ता कार्याक्रमहरु गरीरहने गर्दथे । उनले केहि समय अगाडी डोटीमा रहेको रेडियो डोटीमा रेडियो कार्याक्रम चलाउँथे । उनी धरै कलाकारहरुको आवाजमा हाँस्यव्यांग गर्ने गर्दछन र बिद्यालयका बार्षिक उत्सब तथा अन्य कार्याक्रममा पनि सहभागी हुने गर्दछन । पछिलो समयमा टिकटक प्रयोग कर्ता बढेपछि उनलेपनि टिकटक बनाउन लागेको बताए । ‘ए लौ हजारीऊँ १ तमरी इज्याका चेलाऊँ , चेला त चेला रे तम जस चेला कैका हुन्ना लौ’ उनले बनाएको टिकटक प्राय सबैले हेर्ने गर्दछन । बोगटी (हजारी) यही कथनबाट सबैले प्रयोग गर्ने सामाजिक सञ्जाल टिकटकमा चर्चामा रहेका छन ।
सबैले बुझ्ने भाषामा भन्नु पर्दा उनी टीकटकका एक भइरल पात्र हुन् । डोटेली शब्द प्रयोग गरेर उनले बनाउने टिकटक भिडियोहरु धेरै मान्छेहरुले रुचाइएका छन् । सुरु–सुरुमा उनले अरुले बनाएका टिकटक हेरेर मनोरन्जन मात्रै लिने गरेका थिए । धेरै टिकटक प्रयोगकर्ताको भिडियो हेर्दै जाँदा आफ्नै आवाजमा भिडियो तयार गरेर पोष्ट गर्ने सोच आएको उनी बताउँछन् । ‘सुरुवातमा क्यारिकेचर र सुदूरपश्चिममा बोलिने डोटेली भाषालाई प्रयोग गरेर भिडियो बनाउन थाले,’ उनले भने, ‘त्यस्ता भिडियोहरु चल्न थालेपछि म टीकटकप्रति मोहित भएको हुँ।’
उनले टिकटक सुरुवात गर्ने बेलादेखि नै ‘एलाऊ हजारीऊ’ भन्ने थेगो चर्चामा छ । हजारी भनेको डोटेली भाषामा ठुलो मान्छेले आफु भन्दा सानो मान्छेलाई मायाले बोलाउने शब्द रहेको उनी बताउँछन् । यद्यपि टिकटकबाट पैँसा कमाउन सकिन्छ भन्ने विश्वास उनलाई छ ।
टिकटकमा डोटेली भाषा, क्यारिकेचर गरेर चर्चा कमाएका डोटीका हजारी ‘निश्चल’ नरेश बोगटी हास्य टेलिश्रीङ्खला तथा कुनै राम्रो मिडियामा काम गर्ने योजना भएको बताए । ‘मैले सुरुवात देखि नै विभिन्न व्यक्तिको क्यारिकेचर गर्दै आएको छु ।
टिकटकमा मनोरन्जनका लागि नभएर मैले आफ्नो भाषा जोगाउनका लागी भए पनि यस्तो भाष प्रयोग गरेको बताए । मौलिक भाषा, संस्कृतीलाई पनि देशभर चिनाउन आफ्नो टिकटक भिडियोले केही भूमिका खेलेको खेलेका उनको दावी छ । उनको टिक टकमा ८१ हजार सात सय भन्दा बढीले उनलाई फ्अलो र ४५ लाख भन्दा बढी लाइक पाएका छन् । https://www.tiktok.com/@nischal.naresh.bogati?