अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

news
news
October 04, 4:56

धनगढी, १८ असाृज । क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । स्वर्गीय क्रिकेट प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा धनगढी क्रिकेट एकेडेमीले अर्जुन ट्रफी यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो ।

धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी कार्तिक २५ गतेदेखि प्रतियोगिता आयोजना हुने जानकारी दिईएको छ । प्रतियोगितामा १६ टीमको सहभागीता रहने भएको छ ।

प्रतियोगितामा क्लब तथा क्रिकेट एकेडेमीले सहभागीता जनाउन सक्ने धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले बताए । उनका अनुसार स्वर्गीय क्रिकेट प्रशिक्षक अर्जुन खड्का धनगढी क्रिकेट एकेडेमीका संस्थापक प्रशिक्षक रहेका थिए भने सुदुरपश्चिमको क्रिकेट विकासमा उनको भुमिका महत्वपुर्ण रहेको थियो ।

लिगकम नकाउटका आधारमा हुने प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको तयारी सुरु भएको आयोजकले जनाएको छ । हालसम्म १० वटा टीमको टुङगो लागिसकेको छ ।

प्रतियोगितालाई सफल पार्न सुदुरपश्चिम क्रिकेट संघ र कैलाली जिल्ला क्रिकेट संघले सहयोग गर्ने प्रतिबबद्धता जनाएका छन् । पत्रकार सम्मेलनमा क्रिकेट संघ सुदुरपश्चिमका अध्यक्ष हरि रेग्मी र कैलाली जिल्ला सचिव देवनारायण झाले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने बताएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा