प्रथम प्रदेश भलिबलको सेमिफाइनल समीकरण पुरा : डोटी र डडेल्धुरा समूह विजेता, कैलाली-कञ्चनपुर पनि अन्तिम चारमा 

Volleyball Doti Final.
Volleyball Doti Final.
October 08, 5:05

धनगढी -

कैलालीको धनगढीमा जारी प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ को सेमिफाइनल समीकरण पुरा भएको छ । प्रतियोगिता अन्तरगत आज ४ वटा खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको हो । समूह ‘क’ बाट डोटी विजेता र कञ्चनपुर उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । डोटीले कञ्चनपुरलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बनेको हो । आजै सम्पन्न अन्तिम खेलमा डोटीसँग पराजित भएको कञ्चनपुरले बैतडीलाई ३–१ को सेटमा पराजित गरेसँगै कञ्चनपुर पनि सेमिफाइनलमा स्थापन बनाउन सफल भएको हो । 

समूह ‘ख’ बाट डडेल्धुरा विजेता र कैलाली उप विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । आज भएको लिग चरणको आफ्नो अन्तिम खेलमा दार्चुलालाई ३–० को सोझो सेटमा पराजित गर्दै डडेल्धुरा समूह विजेता बनेको छ । कैलालीले पनि बाजुरालाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । 

प्रतियोगिता अन्तरगत भोलि बिहान ७ बजेबाट सेमिफाइनलका खेल र भोलि नै फाइनल खेल हुनेछ । सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार जारी प्रतियोगितामा प्रदेशका ९ वटै जिल्लाका टिमहरूले सहभागिता रहेको छ । प्रतियोगिताको विजेतालाई नगद १ लाख सहित ट्रफी दिइने सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उपविजेतालाई नगद ५० हजार सहित ट्रफी दिइने छ । प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टिमलाई २५÷२५ हजार नगद सहित ट्रफी दिइनेछ भने विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ । 

सुदूरपश्चिममै पहिलो पटक म्याटमा प्रतियोगिता सञ्चालन भइरहेको हो । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरूलाई समेटेर सुदूरपश्चिम प्रदेशको भलिबल टिम बनाइने सिंहले बताए । ती खेलाडीहरूलाई प्रशिक्षणको व्यवस्था गरी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाइने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ ।

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा