मोहन्याल गाउँपालिकामा अख्तियारको छापा

news
news
October 10, 3:58

२४ असोज/ कैलालीको मोहन्याल गाउँपालिका कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले छापा मारेको छ ।

गाउँपालिकाबाट आर्थिक अनियमितता भए, गरेको उजुरी परेपछि शुक्रबार टोली नै पठाएर अनुसन्धान सुरु गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरस्थित कार्यालयले जनाएको छ ।

गाउँपालिकाले सञ्चालन गरेको विभिन्न विकास निर्माण आयोजनामा आर्थिक अनियमितता भएको भन्ने प्राप्त सूचना तथा उजुरीका आधारमा अनुसन्धान टोली पठाइएको अख्तियार कार्यालय कञ्चनपुरका सूचना अधिकारी शाखा अधिकृत हरिशचन्द्र जोशीले जानकारी दिनुभयो ।

‘निर्माण, ठेक्काट्टासंग सम्बन्धित उजुरी परेको थियो । आवश्यक सोधपुछ र कागजात माग गरेका थियौं, उहाँले भन्नुभयो, ‘टोलि दुई दिनपछि फर्किएको छ ।एकदिन त्यही बसेर सोधपुछ, कागजात हेर्ने र बुझ्ने काम गरेका थियौं । अलिकति विस्तृत किसिमको उजुरी भएकाले कार्यालयका कागजात लिएर टोली फर्किएको छ । थप अनुसन्धान प्रक्रियालाई अघि बढाउछौँ ।’

यसअघि प्रारम्भिक रूपमा लिखित स्पष्टीकरणसहित जवाफ माग गरिएको र छानबिन प्रभावकारी बनाउन अख्तियारले टोली पठाएर कागजपत्र झिकाएको उहाँको भनाइ छ ।

गाउँपालिकामा विभिन्न शीर्षकमा आर्थिक अनियमितता, मिलेमतो, ठेक्कापट्टा लगायत निर्माणमा गुणस्तरीयता नभएको र अन्य यस्तै आयोजनाका विषय उजुरी परेकाले अनुसन्धान गरिएको सूचना अधिकारी जोशीले बताउनुभयो । छानबिन गरि अख्तियारले रायसहितको प्रतिवेदन आयोगको केन्द्रीय कार्यालय पठाउने जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा