बजेटको पहिलो उपहार महँगी : बढ्यो पेट्रोलको मुल्य

Budget
Budget
May 30, 1:44

काठमाडौ, जेठ १६ - बजेटमा पूर्वाधार कर बढाएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। अर्थमन्त्री डा।युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटबाट पेट्रोल र डिजलमा प्रतिलिटर थप एक रुपैयाँ पूर्वाधार कर लगाउने घोषणा गरेको केही घण्टा नवित्दै निगमले मूल्य बढाएको हो।

निगमले पेट्रोल,डिजल र मट्टितेलमा प्रतिलिटर डेढ रुपैयाँ मूल्य बढाएको हो।निगमका उपनिर्देशक विनितमणि उपाध्यायले पूर्वाधार कर बढेपछि तेलको मूल्य बढाइएको जानकारी दिए।‘सरकारले पूर्वाधार कर बढाएपछि हामीले पनि मूल्य बढाएका हौं’ उनले बिजमाण्डूसँग भने। सरकारले थप एक रुपैयाँ बढाएर सडक निर्माणमा लगाउने घोषणा गरेको छ।
तीन वर्षअघि तात्कालिन अर्थमन्त्री विष्णु पौडेलले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउने भन्दै पेट्रोल र डिजलमा प्रतिलिटर चार रुपैयाँ पूर्वाधार कर लगाउन सुरु गरेका थिए। त्यो बेलामा निगमले तत्कालै तेलको मूल्य बढाएको थिएन्। अहिले भने हतारहतार निगमले बजेटमा लगाएको शुल्क भन्दा पचास पैसा बढी मूल्य बढाएको छ।नयाँ मूल्यसँगै पेट्रोल १ सय ११ रुपैयाँ र डिजल तथा मट्टितेल साढे ९८ रुपैयाँ कायम भएको छ। राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अहिलेका अर्थमन्त्री खतिवडा थिए।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा