धरौटी बुझाउन नसक्दा विप्लवका कार्यकर्ता जेल चलान

jail-2112019073400-1000x0
jail-2112019073400-1000x0
May 31, 6:18

स्याङ्जा - जिल्ला अदालतले तोकेको धरौटी बुझाउन नसक्दा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा चार जना कार्यकर्तालाई जिल्ला कारागार चलान भएका छन् । अदालतबाट बिहीबार मुद्दा पुर्पक्षको लागि भएको धरौटी आदेशमा प्रतिव्यक्ति ४ लाख २० हजार रुपैयाँ तोकिएको थियो ।

धरौटी तिर्न सक्दैनौ भनेपछि उनीहरुलाई थुनछेकको लागि जिल्ला कारागार लगिएको जिल्ला अदालतका श्रेस्तेदार नन्दप्रसाद आचार्यले बताए । उनले फैसलासम्म रकम बुझाउन सकेमा छुट्न सकिने बताए ।

२०७५ फागुन १४ पक्राउ परेका चन्द कार्यकर्ता कास्की जिल्ला महानगरपालिका(२७ ज्यामिरेका ३३ वर्षीय गोकुल पराजुली स्याङ्जा जिल्ला इन्चार्ज हुन् । उनीसँगै भीरकोट नगरपालिका(२ का जिल्ला सदस्यहरु ४७ वर्षीय सागर अर्याल, वालिङ नगरपालिका(२ छाप्राककी ५० वर्षीया मिसिरा नेपाली ९सार्की० र पश्चिम रुकुम जिल्ला त्रिवेणी गाउँपालिका(१ का मजदुर संगठनको निर्माण मजदुर सदस्य २९ वर्षीय गोविन्द ओली रहेका जिल्ला प्रहरीले जनाएको छ ।

उनीहरुलाई फागुन १५ गते राज्य विरुद्धको कसुर र विस्फोटक पदार्थसम्बन्धी कसुरका दुई वटा शीर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए । ुगत फागुन १० गते राति वालिङ नगरपालिका १२ मा रहेको एनसेलको टावरमा बम विस्फोट गरी आफ्नो पार्टीको झन्डा गाडेका रहेछन्ु एसपी लम्साल भन्छन्, ुटावरमा आगलागी पनि भएको थियो । फेरि फागुन ३० गते सिदार्थ राजमार्गअन्तर्गत पुतलीबजार नगरपालिका(४ स्थित भालुपहाडमा नक्कली बम राखेको भेटियो । कृत्रिम बमले जनतालाई आवतजावतमा बाधा पुग्नुका साथै आतङ्क मच्याइएको थियो ।ु उनीहरुले धम्की दिएर विभिन्न व्यक्ति तथा संस्थाबाट चन्दा असुलेको पनि प्रमाण भेटिएको उनले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा