Aagan-cakes-web-banner-2

एमालेको १० औँ महाधिवेशन : नेतृत्वमा आएनन् महिला र दलित

news
November 08, 11:53

बैतडी - नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशन अन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ। छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो।

तर कुनै पनि पालिकामा महिला र दलितले नेतृत्व पाउन सकेका छैनन्। यसका साथै जिल्लाका ८४ वडामा पुरुषले नै नेतृत्व सम्हालेका छन्।    

दलित र महिलाको नेतृत्वप्रति अझै पनि शङ्का गर्ने प्रवृत्ति कायमै रहेकाले नेतृत्वमा शून्य देखिएको जनाइएको छ।

पालिकाको अध्यक्ष पदमा महिला र दलित आउन नसके पनि अन्य पदाधिकारीमा भने उनीहरुलाई स्थान दिइएको एमाले जिल्ला सचिव तथा प्रदेशसभा सदस्य लिलाधर भट्टले जानकारी दिए। उनले भने, “अध्यक्षमा महिला र दलितको सहभागिता शून्य देखिए पनि अन्य पदमा भने उत्साहजनक सहभागिता छ।”

हालै सम्पन्न पालिका अधिवेशनबाट जिल्लाको दशरथचन्द, पाटन, पुर्चौडी र मैलौली नगरपालिकामा क्रमशः अजबहादुर पाण्डे, ललितसिंह ठगुन्ना, कर्णबहादुर धामी र राजबहादुर चन्द अध्यक्ष भएका छन्।

यस्तै दोगडाकेदार, डिलाशैनी, पञ्चेश्वर,सुर्नया, शिवनाथ र सिगास गाउँपालिकामा क्रमशः काशीसिंह विष्ट, रघुवीर बोहरा, प्रकाश चन्द, महेन्द्र चन्द, सुर्नया राजेन्द्र भट्ट र गोपाल धामी चयन भएका छन्। 

यसैबीच जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट भने यही कात्तिक २७ गते गर्नेछ। प्रदेशसभाको अधिवेशन र जिल्ला अधिवेशन भने महाधिवेशनपछि हुने जनाइएको छ। एमालेको दशौँ महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। 

सम्बन्धित वर्गका समाचारहरू

डोटीका ६ पालिकामा एकीकृत समाजवादीको नयाँ नेतृत्व
डोटी, १९ मङ्सिर: नेकपा (एकीकृत समाजवादी)ले जिल्लाका ६ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । एकीकृत… विस्तृतमा
कांग्रेसलाई एकढिक्का बनाउँछु : सभापति बलायर
कैलाली/  नेपाली कांग्रेस सुदूरपश्चिमका नवनिर्वाचित प्रथम सभापति वीरबहादुर बलायरले प्रदेशमा… विस्तृतमा
काे हुन बलायर ?
डोटी – वीरबहादुर बलायर नेपाली राजनीतिमा चर्चित नाम हो । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको… विस्तृतमा
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा सुदूरपश्चिम बाट…
धनगढी :  राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाण्डौंमा सम्पन्न एकता महाधिवेशनबाट सुदूरपश्चिमबाट ८ जना… विस्तृतमा