‘मालिकार्जुन’ राष्ट्रकै मुल धार्मीक सम्पदा : काँग्रेस नेतृ नन्दा बम

news
news
November 18, 1:52

दार्चुला २ मंसिर/नेपाली काँग्रेसकी नेतृ तथा सुदूरपश्चिम प्रदेशकी सार्बजनिक लेखा समितिकी सभापति कुमारी नन्दा बमले दार्चुलामा रहेको ‘मालिकार्जुन’ राष्ट्रकै मुल धार्मीक सम्पदा रहेको बताएकी छिन् । बुधबार दार्चुलाको मलिकार्जुन गाउँपालिका वडा नम्बर ३ मड जात्राको अवलोक गर्दै सो कुरा बताएकी हुन् ।

‘देशकै सातौं धाम मध्य दार्चुलामा रहेको मालिकार्जुन एक हो’ उनले भनिन्–‘यसको महिमा विश्वभर फैलाउन सके यसको छुट्टै पहिचा हुन्थ्यो ।’ आफुपनि हरेका बर्ष पुजा गर्न आउने बताउदै उनले मालिकार्जुनमा मागेको सबैको मनोकान्छा पुरा हुने बताईन् ।

मेला लाग्ने दिन दर्शनार्थीहरुको भिड धेरै हुने भएकोले यसलाई व्यबस्थित गरेर प्रचारप्रशार गर्नुपर्ने बताईन् । सुदूरपश्चिमको महत्व बोकेको मालिकार्जुन व्यवस्थित गर्न प्रदेश सरकार संग धेरै पटक दबाब दिएपनि कुनै सुनुवाई नभएको गुनासो व्यक्त गरिन् ।

सुदूरपश्चिको धार्मीक महत्व हो यो मठ तर, किन प्रदेश सरकारको ध्यान जान्न उनको प्रश्न थियो । ‘मैले धेरै पटक प्रदेश सरकारलाई दबाव दिएकी छु’ उने भनिन्–‘कनिका छरे झै गर्दैछन्, यसको बिकस गर्न बृहत गुरु योजना बनाएर बिकस गर्नुपर्छ । ’ दुई बर्ष यता कोभिड –१९को. त्रासले तिर्थालुको सहभागिता कम भएपनि मालिकार्जुनमा अहिले बिस्तारै गति लिन थालेको छ । मालिकार्जुन धाम सुदुरपशिम लगाएत भारतको उत्तराखण्डका भत्तजनहरुको घुईचो लाग्न गर्दछ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा