बिदेशमा रहेका मल्लद्धारा क्यान्सर पिडित भट्टलाई आर्थिक सहयोग

news
news
December 08, 8:46

डडेल्धुरा, मसिँर २२ । हाल बिदेशमा रहेका समाजसेबि बिनय प्रकाश मल्लले क्यान्सर पिडित रमा भट्टलाई आर्थिक सहयोग गरेका छन । डडेल्धुरा जिल्ला परशुराम नगरपालिका १२ कि रमा भट्ट बिगत ५ बर्ष देखि क्यान्सर रोगले ग्रसित भएको खबर थाहा पाए पछि सहयोग पठाएको समाजसेबि मल्लले बताए । 
बर्षले २४ पुगेकि भट्टका श्रीमान सम्पर्क बिहिन भए पछि अहिले उनको परिवार बिचल्लीमा परेको रकम हस्तान्तरण गर्न परशुराम पुगेका यवा समाजसेवी सुरत तमोलीले बताए । बिदेशमा रहेका मल्लले आफ्नो जिल्ला भित्र र बाहिर यस्ता समस्या भएका नागरिकहरुलाई सहयोगका कामहरु निरन्तर हुने प्रतिबद्धता गरे । अमरगढि युवा एकता टिमका सदस्य सुरत तमोलि र ललित तमोलीले परशुराम नगरपालिका  १२ रमा भट्टकै निबासमा पुगेर नगद रु २०,००० सहयोग गरेका हुन । घाटिँमा सानो घाउँ हुदा अस्पताल पुगेकि उनको उपचार सम्भब नभए पछि घाउँ ठुलो हुदै गएको र उपचार गर्न नसकेपछि क्यान्सर हुन पुगेको उनको उपचार लागी रमा बचाउ अभियान सन्चालन गर्दै आएकी स्थानिय कमला पन्तले बताईन ।
 सोहि समस्या अमरगढि युवा एकता टिमका पदाधिकारी सँग पुग्दा आर्थिक सहयोग गरेको युवा समाजसेवी तमोलीले बताए । बिदेशमा रहेर पनि हामीहरु जस्तो पिडितहरुलाई आर्थिक सहयोग गरेको भन्दै अमरगढि युवा एकता टिमका पदाधिकारी र समाजसेवी मल्लाई पिडित भट्टका परिवारले धन्यबाद ब्यक्त गरे ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा