बैतडीमा वर्षातले बिग्रिएका सडक नबन्दा नागरिकलाई सास्ती 

August 22, 1:33

बैतडी । वर्षातले बिग्रिएका कतिपय  बैतडीका ग्रामीण सडकहरु नबन्दा यात्रुहरुलाई सास्ती भएको छ । वर्षातको  समयमा पानीका कारण ठाउँ ठाउँमा खाल्टा खुल्टी परेर बिग्रिएका सडक समयमै मर्मत नहुँदा ओहोरदोहर गर्ने यात्रुहरुलाई अहिले सास्ती भएको हो ।

 वर्षातले बिग्रिएका सडक नबन्दा जोखिम मोलेर यात्रा गर्नेु परेको यात्रुहरुको गुनासो छ । जिल्लाका विभिन्न पालिका भित्र रहेका ग्रामीण सडकहरु वर्षातका कारण बिग्रिएका छन् । बर्षातले भत्कीएर, खाल्टा खुल्टी परे पनि  सम्बन्धित निकायले समयमै मर्मत नगरिदिदा समस्या भएको पुर्चौडीका स्थानीय  लक्ष्मण बोहराले बताए ।

 बित्थड सुइलेक कुवाकोटको सडक बन्द भएको २  महिना पूरा भएपनि अझ्र  सुचारु नभएको  उनले  बताए । गौरा पर्व मनाउन अहिले धेरै जना जन्मभुमी फर्किरहेपनि बाटोको अवस्था ठिक नहुँदा समस्या भएको उनले बताए ।  वर्षादले  सडकखण्डको  हालत खराब भएपनि स्थानीय सरकारको ध्यान नगएको  नागरिकहरुको  आरोप छ। 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा