शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक धनगढीद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
धनगढी,२३ मंसिर / शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक लि। धनगढी शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई बैंकिङ सम्बन्धि जानकारी प्रदान गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।
धनगढी सन्तोषिटोल स्थित एसपीए कलेजमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई डिजिटल बैंकिङ र फाइनान्सियल लिट्रेसी सम्बन्धि साक्षरता प्रदानका साथसातै बैंकले सामाजिक उत्तर दायित्व अन्तर्गत डष्टबिन वितरण कार्यक्रम पनि सम्पन्न गरिएको बैंकका शाखा प्रवन्धक रविन्द्र शाहीले जानकारी दिए ।
साक्षरता कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक लेखनाथ पौडेल र आई टि अफिसर तारा प्रसाद पाण्डेले विद्यार्र्थीलाई डिजिटल प्रणालीको आवश्यकता र यसको प्रयोगबाट हुने फाईदाका बारेमा जानकारी दिएका थिए । दुई सयभन्दा बढी विद्यार्थीहरुको सहभागिता भएको कार्यक्रमा कलेजका तर्फबाट विभाग प्रमुख रघुनाथ जोशी र प्रबन्धक निर्देशक सुवास बि शाहीले यस प्रकारका कार्यक्रमले विद्यार्थीहरुले व्यवहारिक ज्ञान पनि हासिल गर्ने बताए ।