बहुमतको सरकार निर्माणमा जुट्न आह्वान

news
news
December 16, 10:40

काँग्रेसको आन्तरिक प्रतिस्पर्धा हो । अबिर जात्रा, विजय ¥याली र नाराबाजी नगर्नुहोस् ।

काठमाडौँ, १ पुस / नेपाली काँग्रेसका नवनिर्वाचित सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनसम्ममा पार्टीलाई एकताबद्ध बनाई स्थानीय तहदेखि केन्द्र तहसम्म बहुमतको सरकार निर्माणमा जुट्न कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

सभापतिमा निर्वाचित भएपछि ‘बधाई तथा शुभकामना’ दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका महाधिवेशन प्रतिनिधि तथा कार्यकर्तासँगको कुराकानीमा प्रधानमन्त्रीले काँग्रेसलाई एकढिक्का र बलियो बनाउन प्रत्येक कार्यकर्ताको योगदान महत्त्वपूर्ण हुने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले बधाई तथा शुभकामना दिन आउने महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताको जिज्ञासा धैर्यसाथ सुन्नका साथै काँग्रेस पार्टीलाई वडा, पालिका, क्षेत्र र प्रदेश तहदेखि केन्द्रसम्म बलियो बनाउन सबैले त्याग र सङ्घर्ष गर्नुपर्ने सल्लाह दिनुभयो । काठमाडौँमा यही २४ गतेदेखि २७ गतेसम्म आयोजित १४औँ महाधिवेशनबाट पार्टीको दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनुभएका प्रधानमन्त्री देउवाले आफ्नो विजयमा अबिर जात्रा, विजय (याली र नाराबाजी गर्नसमेत रोक लगाउन निर्देशन दिनुभएको थियो ।

यो काँग्रेसको आन्तरिक प्रतिस्पर्धा होस अबिरदजात्रा, विजय (याली गर्नेजस्ता गतिविधिमा पूर्ण रूपमा रोक लगाइएको प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले बताउनुभयो । उहाँको गृहजिल्ला डडेल्धुरामा पनि ¥याली निकाल्ने काम नगर्न निर्देशन दिइएको छ । सभापति देउवालाई बधाई तथा शुभकामना दिन बिहान सबेरै सर्वसाधारण कार्यकर्ता प्रधानमन्त्री निवास बालुवाटार पुगिसकेका थिए । नेता, कार्यकर्ता र महाधिवेशन प्रतिनिधिले भरिभराउ प्रधानमन्त्री कार्यालय परिसर दिउँसो १ बजेपछि खुकुलो बनेको हो ।

‘उत्साह, एकता र रूपान्तरण’ १४औँ महाधिवेशनको प्रमुख आकर्षक नारालाई सार्थक तुल्याउन नवनिर्वाचित सभापति एवं प्रधानमन्त्री देउवाको नेतृत्व सफल हुनेमा नेता कार्यकर्ताको विश्वास रहेको छ । सुदूरपश्चिम प्रदेश सांसद डा। रणबहादुर रावलले कम्युनिस्टहरू टुक्रिएको बेला काँग्रेसलाई एकढिक्का हुने सुनौलो अवसर भएको बताउनुभयो ।

काँग्रेस पार्टी ओखलढुङ्गाका पूर्वसभापति प्रदीप सुनुवारले सभापति देउवाको विजय लोकतन्त्रको रक्षा र सिङ्गो काँग्रेस पार्टीको एकताका लागि भएकाले अबका दिनमा ‘मभित्र काँग्रेस र काँग्रेसभित्र हामी’ अटाउने गरी अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो ।

त्यस्तै धनगढी उपमहानगरपालिका कैलालीका मेयर नृपबहादुर वडले वरिष्ठ नेता रामचन्द्र पौडेल, सभापतिका उम्मेदवारत्रय प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको उपस्थितिले पार्टीभित्रको गुट–उपगुट अन्त्य भई काँग्रेस एकताबद्ध भएको सन्देश गएको बताउनुभयो ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा