कैलालीको गेटामा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा २ जना घाइते

November 03, 3:42

अत्तरिया – मोहना अत्तरिया ६ लेन सडक खण्डको गेटा क्षेत्रमा मोटरसाइकललाई स्कुटरले ठक्कर दिदाँ २ जना घाईते भएका छन ।
६ लेन सडकमा से ७ प ४५४ नम्बरको मोटरसाइकललाई पछाडीबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१० प २९११ नम्बरको स्कुटरले ठक्कर दिदाँ २ जना घाईते भएका हुन ।

उक्त दुर्घटनामा मोटरसाईकल चालक जोशिपुर गाउँपालिका – २ का ३३ बर्षीय सुरज कुर्मी र स्कुटरको पछाडी सवार गोदावरी नगरपालिका – ६ का १६ बर्षीय लोकेन्द्र खड्का सामान्य घाईते भएको सुदूरपश्चि प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाइते दुबै जनाको अत्तरिया स्थिति पदमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्कुटरको ठक्करबाट मोटरसाइकल ६ लेन सडक भन्दा तल छाडीमा खसेको स्थानिय प्रतक्षदर्शिले बताएका छन ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा