बाजुरेली समाजद्धारा भुवा पर्व मनाउने 

news
news
December 31, 4:52

धनगढी,१६ पुष / धनगढी ,बाजुरेली सेवा समाजले धनगढीको खुलामञ्चमा यस क्षेत्रको प्रशिद्ध मौलिक पर्व भुवा मनाउने भएको छ । पुसे औँसी देखि भुवा पर्व सुर हुँछ । यस बर्षको औँसी आईतबार परेको छ । आईतबार धनगढीको खुल्ला मञ्चमा विहानै मुढा जलाएर सुरुवात गरिने छ ।
आईतबार दिउँसो ११ बजे सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी ले औपोचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको बाजुरेली समाजका अध्यक्ष चेतबहादुर थापाले जानकारी दिएका छन् । शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी पर्वका बारेमा जानकारी गराएको हो ।
भुवा पर्व सुदूरपश्चिमको पहाडी जिल्लामा मनाइने विशेष चाड हो । धनगढीको खुल्ला मञ्च ९पुरानो एयरपोर्ट० मा विभिन्न सांस्कृतिक कार्यक्रमसहित मनाइने समाजका अध्यक्ष थापाले बताए । आईतबार र सोमबार गरी दुई दिन खुल्लामञ्चमा भुवानाच खेलाईने छ । भुवा पर्व पुषे औँसीको अघिल्लो मध्येरातबाट सुरु हुने पर्व हो । भुवा पर्व मनाउन बाजुराबाट बसाइसराई गरि आएकाहरु सक्रिय हुने गरेका छन् ।
असत्यमाथि सत्यको विजय अर्थात कौरबमाथि पाण्डवको विजय भएको खुसीयालीको प्रतिविम्वका रुपमा भुवा पर्व मनाउने चलन सुरु भएको बाजुरारेली सेवा समाजका सल्लाहकार सदस्य कुलबहादुर हमालले बताए । भुवामा दमाहाको बाजासंगै ढाल तरवारसहित चाली खेलेर मनाइने गरिन्छ ।
भुवा पर्वको ऐतिहासिक, सांस्कृतिक महत्व रहेको छ । हमालले भने ‘भुवा प्राचीन संस्कृति हो । प्राचीनकालीन युद्धको भाका हो । कौशलको प्रदर्शनी हो । जसको आफ्नै मौलिक विशेषता छ, हाम्रो पहिचान हो ।’
भुवा महाभारतको पाण्डप र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ । सोही लडाइँको सम्झना तथा पाण्डपहरूको जीतको खुशीयालीमा पर्व मनाउन थालिएको अधिकारी बताउँछन् । खुल्लामञ्चमा भुवानाचका साथै देउडा पनि लगाईने समाजका कोषाध्यक्ष धुर्बबहादुर सिंहले जानकारी दिए ।
प्रदेश सरकारले भुवा पर्वको अवसरमा भुवा पर्व मनाईने सुदूरपश्चिमका तीन जिल्लामा सार्वजनिक विदा समेत दिएको छ । बाजुरा, अछाम र बझाङमा सार्वजनिक विदा दिएको हो ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा