सबैलाई रुचाउने काग्रेस बनाउछु : सभापति सिंह

news
news
January 01, 9:54

डाेटि / नेपाली कांग्रेस दिपायल सिलगढी नगरकार्य समिति डाेटिले पार्टी कार्यालयु सिलगढीमा आयाेजना गरेकाे राष्ट्रिय मेलमिलाप दिवसकाे कार्यक्रममा नेपाली काँग्रेसका डाेटि जिल्ला पार्टि सभापति नरेन्द्र सिंहले सवैलाइ रुचाउने काग्रेस वनाउने  बताएका छन् ।

आफुलाई भर्खरै  सम्पन्न भएको पार्टीकाे अधिवेशन बाट जिल्लाकाे नेतृत्वमा पुर्याउने सम्पुर्ण सुभचिन्तक लाइ हार्दिक धन्यवाद दिदै उक्त कुरा बताए ।पहिलेकाे काग्रेस र हालकाे काग्रेसमा  केहि परिवर्तन भएकाे यहालाई देखाउन म ह्रदम प्रयास गर्ने छु उनकाेे भनाइ रहेको थियाे।

उक्त मेलमिलाप कार्यक्रमकाे सभापतित्व नगरसभापति गणेश मलासिले गरेका थिए, भने प्रमुख अतिथिमा पार्टी सभापति नरेन्द्र सिंह, विशिष्ट अतिथि प्रदेश सभा सदस्य प्रेमा श्रेष्ठ,अतिथिमा पार्टी उप-सभापति विजय सिं खड्का लगायत पार्टी संग आस्थावान हरुको उपस्थिति रहेको थियो।

नेपाली कांग्रेस दिपायल सिलगढी नगरकार्य समिति डाेटिले सिलगढीमा आयाेजना जस्तै नेपाली कांग्रेस डोटीले जिल्लाका ९ वटै पालिकाहरुमा कार्यक्रमको आयोजना गरि मेलमिलाप कार्यक्रम मनाएको हो ।

नेपाली कांग्रेसका संस्थापक एवं नेपाली कांग्रेसको सिद्धान्त प्रजातान्त्रिक समाजवादका प्रतिपादक बिपी कोइराला सहितका नेताहरू आठ वर्ष निर्वासित जीवन बिताएर २०३३ पुस १६ गते स्वदेश फर्केको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ । मेलमिलाप दिवस पञ्चायती निरङ्कुशतामा आठ वर्षको भारत निर्वासित जीवन त्याग गरी कांग्रेसका संस्थापक जननायक बिपी कोइरालासहित लौहपुरुष गणेशमानसिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका दर्जनौँ नेता राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उहाँहरु भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा