कांग्रेसलाई विकाससँग जोड्छौं : केन्द्रीय सदस्य महर

news
news
January 03, 12:56

डोटी,१९ पुष   / नेपाल प्रेस युनियन डोटी शाखाले डोटीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैन सिहं महरले कांग्रेसलाई विकाससँग जोड्ने बताएका छन्। उनले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसलाई विकाससँग जोड्ने प्रतिबद्धता जनाएका हुन्।

कांग्रेसलाई विकाससँग जोडे मात्रै राजनीतीलाई प्रत्यक्ष जनतासँग जोड्न सकिने उनले बताए । कांग्रेस देशका ७७ वटै जिल्लाहरूमा भौतिक विकासको खाका कोर्ने अभ्यासमा रहेको बताउँदै उनले सुदूरपश्चिममा भौतिक विकासको अवस्था अझैपनी दयनीय रहेको बताए । वर्षौं देखि भन्दैआएको पश्चिम सेती परियोजना, सेती लोकमार्ग, महाकाली करीडोर लगाएतका थुप्रै स्थानीय मुद्धाहरु कार्यान्वयन गर्नु पर्ने चुनौती रहेको उनले बताए ।

पश्चिम सेती परियोजनाले सुदूरपश्चिम प्रदेश सँगै देश निर्माणममा सहयोगी भुमीका खेल्ने बताँउदै उनले भने,’ यस्ता गौरवका आयोजनासँगै सुदूरपश्चिमको शिक्षा, स्वास्थ्य, पर्यटन, धार्मिक आदी कुरासँग कांग्रेस प्रत्यक्ष जोडिने छ ।’कांग्रेससंग युवाको अपेक्षा धेरै रहेको भन्दै उनले युवाहरुको अपेक्षालाइ सम्बोधन गर्न कांग्रेस तयार हुनुपर्ने बताए ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा