राष्ट्रिय सभा चुनावमा भट्ट, बिक र थापा एमाले उम्मेदवार

news
news
January 03, 5:18

धनगढी,१९ पुष  / नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । खुल्ला, दलित र महिलातर्फका तीनजना उम्मेदवारको टुंगो लागेको प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताए । खुल्लामा कैलालीका डिल्लीराज भट्ट, दलितमा बैतडीका नरेश बिक र महिलामा कैलाली कै सन्तोष शर्मा थापा उम्मेदवार बनेका छन् । 

यसअघि एमालेले ९ जनाको नाम सिफारिस गरेको थियो । ती मध्ये तीनजनालाई उम्मेदवार बनाउने निर्णय गरिएको हो । तीन दलका तीन जनाको चार वर्षीय कार्यकाल पुरा भएपछि राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा १२ माघमा निर्वाचन हुने कार्य तालिका छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा