धनगढीमा सुदूरपश्चिम महोत्सव माघ १८ गते देखि हुने

ss
ss
January 03, 5:54

धनगढी,१९ पुस / कोरोनाका कारण दुई वर्षदेखि स्थगित भएको सुदूरपश्चिम महोत्सव यस वर्ष हुने भएको छ । हरेक वर्ष मंसिर २२ गतेबाट लाग्ने महोत्सव विगत दुई वर्षदेखि कोभिड-१९ का कारण हुन सकेको थिएन ।

आज आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले पत्रकार सम्मेलनको आयोजना गर्दै माघ १८ गते देखि २९ गतेसम्म महोत्सवको आयोजना गरिन लागको जानकारी दिएको हो ।  यस वर्ष धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को दक्षिणकाली मार्गमा महोत्सव हुने कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

सुदूरपश्चिम महोत्सवको १५ औँ संस्करणमा वृहत् व्यवसायीक कृषि प्रदर्शनी तथा प्रतियोगिता ताजा तरकारी र कृषिमा आएको प्रविधि सँगै माछा, केरा, पोल्ट्री, दुग्धजन्य पदार्थ, च्याउ आदी व्यवसायलाई प्रदर्शनीमा विशेष जोड दिइने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर राज कुँवरले जानकारी दिए ।

महोत्सवमा अनुमानित १ करोडको लगानीमा उत्कृष्ट रूपमा सम्पन्न गरिने जनाएको छ । महोत्सवमा कृषि, जडीबुटी, हस्तकला फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेकट्रोनिक, होटेल र सूचना प्रविधि गरी ४ सय भन्दा बढीको संख्याको स्टलहरू रहनेछन् । 

यस्तै महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिने छ भने यस वर्षको महोत्सवमा करिब ४ लाख व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न मूल समिति सहित २१ उप समिति समेत गठन गरेको हो । महोत्सवमा १५ करोड बढीको कारोबार हुने आयोजकले अपेक्षा लिएको  छ ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा…
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा