सुदूरपश्चिम प्रदेश सरकारको कामकारबाही बाट जनता निराश : केन्द्रिय सदस्य महर

news
news
January 04, 9:25

धनगढी,२० पुष / नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले सुदूरपश्चिम प्रदेश सरकारको कामकारबाहीबाट जनता निराश भएको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले प्रदेश सरकारले जनताको पक्षमा काम गर्न नसक्दा रुष्ठ भएको बताएका हुन् ।

‘प्रदेश सरकार भ्रष्टाचारमा लिप्त छ । कार्यकर्ता पाल्ने, आसेपासेलाई फाइदा दिनबाहेक जनताका आधारभुत आवश्यकता पुरा गराउनतर्फ केन्द्रित भएको छैन’ उनले भने,‘यो सरकार जनताको अधिकार, विकासको विपक्षमा छ ।’ उनले प्रदेश सरकार यथाशिघ्र फेरबदल गर्नुपर्ने बताए ।

‘संघमा पाँच दलको गठबन्धनको सरकार रहेको छ । प्रधानमन्त्रीमा नेपाली कांग्रेसकै सभापति रहेका छन्’ उनले भने –‘सुदूरपश्चिम प्रदेशमा कांग्रेसलाई प्रमुख प्रतिपक्षीमा राख्नु र सरकारमा सहभागिता नगराउनु यो सरकारको दुर्भाग्य हो ।’

उनले आफुहरुले प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई सुदूरपश्चिम प्रदेश सरकारको काम गराई शैली उचित नभएको र फेरबदल गर्नुपर्ने भनि सुझाव दिँदै आएको बताउँदै अब पुनः काठमाडौं गएपछि यस विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने बताए ।

नेता महरले आफु राष्ट्रिय योजना आयोगको टोलीसँग प्रदेशका नौ वटै जिल्लामा जाँदा विकासको दृष्टिकोणमा प्रदेश अत्याधिक पछि रहेको पाएको बताए । उनले भने –‘पश्चिम सेती परियोजना, बझाङको ताक्लाकोट जोड्ने सडक, फास्ट ट्रयाक, पञ्चेश्वर आयोजना, गेटा विमानस्थलको स्तरोन्नति तथा सुदृढीकरण लगायतका योजनाको कार्य यो सरकारले यथाशिघ्र सम्पन्न गर्नुपर्ने छ ।’ उनले गेटा मेडिकल कलेजको काम सम्पन्न भएपनि सञ्चालन हुन नसकेको बताए ।

‘मेडिकल कलेजको भौतिक संरचना निर्माण भइसकेका छन । यसलाई प्रतिष्ठान, मेडिकल कलेज वा सुदूरपश्चिम विश्वविद्यालय मातहात सञ्चालन गर्ने भन्ने तीन विकल्पको छलफल भएका रहेछन’ नेता महरले भने –‘मेरो व्यक्तिगत विचारमा यसलाई छुट्टै मेडिकल युनिभर्सिटी बनाउनुपर्छ । यो नेपालमै पहिलो हुने छ ।’

उनले प्रदेशका सात वटा पहाडी जिल्लाको विकासलाई सरकारले ध्यानमा राख्नुपर्ने बताए । ‘प्रदेशको राजधानी डोटीबाट धनगढी सारिएपछि त्यहा रहेका कार्यालयहरु पनि तराईमै सारिएका छन । त्यहा“ बनेका भौतिक संरचना प्रयोगविहिन छन’ उनले भने –‘अहिले तराइको विकास भइरहेकाले पहाडको जनसंख्या तराईमै बसाईसराई गरिरहेका छन । पहाडको विकास नभएसम्म बसाईसराई रोक्न सकिदैन ।’

प्रदेशमा केही दिन आएको बाढी पहिरोका कारण प्रभावित परिवारले अहिलेसम्म राहत पाउन नसकेको गुनासो आएको बताए । प्रदेशका अधिकांश व्यक्तिहरुले तटबन्धनको माग गरिरहेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा