नेपाली कांग्रेसको अधिवेशन फेरि सर्‍यो

एक
एक
January 05, 11:57

धनगढी,२१ पुष  / नेपाली कांग्रेसको १६ जिल्लामा रोकिएको जिल्ला अधिवेशन फेरि सरेको छ। जिल्ला अधिवेशन हुन नसकेको कैलालीसहितका सबै जिल्लामा माघ १५ गते निर्वाचन तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यसअघि २७ पुसमा जिल्ला अधिवेशन तोकिएको थियो।

राष्ट्रिय सभा निर्वाचनलाई ध्यानमा राखेर जिल्ला अधिवेशन सारिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले बताए। राष्ट्रिय सभा सदस्यको निर्वाचन १२ माघमा हुँदै छ। कैलाली, अछाम, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके र नवलपुरमा जिल्ला अधिवेशन हुन बाँकी छ। क्रियाशील सदस्यता विवादले १६ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन हुन सकेको थिएन।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा