नेपाली कांग्रेस अधिवेशन : कैलालीको सभापतिमा बडुवालको उम्मेदवारी घोषणा
धनगढी,२२ पुस / कैलाली आगामी माघ १५ गते हुन गैरहेको नेपाली कांग्रेस कैलालीको १४ औं महाधिवेशनका लागि जिल्ला सभापतिमा युवा नेता भिम बडुवालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।
१३ औं महाधिवेशनमा पराजित बडुवालले बितेको पाँच बर्षमा आफु सधै पार्टीको हितमा कार्य गर्दै आइरहेकोले आफू निर्वाचित भए पार्टीका सबै अग्रज नेता ज्युहरु र कार्यकर्ताहरुलाई कहिल्यै निराश नपार्ने प्रतिबद्धता ब्यक्त गरे ।
नेपाली कांग्रेसको भर्खरै सम्पन्न केन्द्रिय महाधिवेशनमा युवाहरुको बाहुल्यता रहेको बताउदै अबको नेतृत्व युवाहरुले लिनु पर्ने कार्यकर्ताहरुको सुझाव अनुरुप आफुले सभापतिमा उम्मेदवारी घोषणा गरेको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बताए ।
यस्ता छन् मुख्य एजेण्डाहरु :
१- जिल्लामा रहेका क्रियाशिल सदस्यहरुको स्वाभीमानको रक्षा गर्दै पार्टीलाई सबैको साझा बनाउने प्रयत्न गर्ने छु ।
२- गुट बन्दी मुक्त कांग्रेसका निमीत्त ूयुवा जागरण मेरो अभियानू हुनेछ ।
३- आउने निर्वाचनहरुमा पार्टीलाई कम्तीमा पनि दुईतिहाइ स्थानमा जिताउने प्रयत्न गर्ने छु ।
४- पार्टीका कार्यकर्ताहरुलाई विकास निर्माणका एजेण्डामा लगाउने छु ।
५- हरेक जात जातिका बिचमा सद्भाव कायम गराउने प्रयत्न गर्ने छु ।
६- भातृ संगठनहरुलाई क्रियाशिल र चुस्त दुरुस्त बनाउने छु ।
७- पार्टी कार्यालय व्यवस्थीत गरी हरेक कार्यकर्ताको गुनासो र समस्याको समाधान गर्नेछु ।
८- भष्टाचार बिरोधी अभियानलाई तिव्रता दिनेछु ।
९- पार्टी भित्र तलै देखि समावेशीता, पार्टीमा मुल्य (मान्यता, नितिको प्रधानता मेरो प्रतिवद्धता हुनेछ ।