कञ्चनपुरमा को होला एमाले अध्यक्ष ? यस्तो छ पछिल्लो समिकरण !

news
news
January 06, 4:16

धनगढी,२२ पुष  /  नेकपा एमाले कञ्चनपुरको जिल्ला अधिवेशन नजिकिएसँगै नेताहरुले प्रचारप्रसारलाई तिब्रता दिएका छन् । भोलि ९शुक्रबार० हुने जिल्ला अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले आकांक्षीहरुको दौड्धुप बढेको छ ।

आकांक्षी नेताहरुले सामाजिक सञ्जाल तथा व्यक्तिगत भेटघाट गरी प्रचार गरिरहेका छन् । अध्यक्षका लागि तत्काल तीन जना नेता मैदानमा देखिएका छन् । अध्यक्षको दौड्मा छन्, पार्टी सचिव तथा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्द र एमाले कञ्चनपुर अध्यक्ष बीरबहादुर थापा ९पातल० ।

मेयर विष्ट र नेता थापा निकट कार्यकर्ताहरुले सामाजिक सञ्जालको माध्यमबाट प्रचार सुरु गरिसकेका छन् । बेदकोटका मेयर चन्द निकट कार्यकता भने भेटघाटकै माध्यमबाट प्रचार गरिरहेका छन् । चन्द निकटहरुले सामाजिक सञ्जालको प्रयोग भने गरेका छैनन् । उनी सहमतिमै नेतृत्व चयन हुनुपर्ने पक्षमा छन् । सहमति नभएमा आन्तरिक प्रतिस्पर्धामा जानुपर्ने धारणा राख्दै आएका छन् ।

त्यसैले पनि चन्दले सामाजिक सञ्जालमा प्रचार नगराएको उनी निकट एक कार्यकर्ताले बताए । ‘सम्भव भएसम्म सहमतिमै नेतृत्व चयन गर्नुपर्ने पक्षमा मेयर साप हुनुहुन्छ,’ उनी निकट ती कार्यकर्ताले भने, ‘आज पनि नेताहरु छलफलमै छन्, सहमति जुटेन भने उहाँ पनि अध्यक्षमा चुनाव लड्नु हुन्छ ।’ 

भीमदत्त नगरका मेयर विष्टको प्रचारमा उनको सचिवालयका केही सदस्य पनि जुटेका छन् । बिहीवार बिहान उनको सचिवालयका केही सदस्यले ‘अध्यक्षमा बिष्टलाई जिताउन’ आग्रह गरिएका पोष्टर अपलोड गरेपछि अर्का आकांक्षी थापाका समर्थकहरुले पनि त्यही आशयका पोष्टर सार्बजनिक गरेका छन् ।

एमालेको केन्द्रीय र प्रदेश नेतृत्वले सहमतिमै जिल्ला कमिटी गठन गर्न भनेको छ । तर, प्रचारप्रसारको होडबाजीले त्यो सम्भावना कम हुँदै गएको संकेत देखिएको छ । बिष्ट पक्षधरहरु थापालाई उपल्लो कमिटीमा पठाएर नेतृत्व लिने रणनीतिमा लागेका छन् । 

‘त्यसका लागि एकथरी केन्द्र र प्रदेश नेतृत्वसमक्ष लबिइङमा छन्,’ एक नेताले भने, ‘तर, थापाको तयारी हेर्दा त्यो सम्भावना कम देखिन्छ । प्रतिनिधि छनौट देखिको उनको तयारी हेर्दा पछाडी फर्किन मुस्किल छ ।’ थापासँग पछिल्लो साता केही नेताहरु जोडिएका छन् । जसले सके सर्बसम्मत नसके उनैलाई उम्मेदवार बनाउने गरी तयारी गरिरहेको चर्चा छ ।

भोलि हुने जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमालेका कार्यालय सचिव कर्णबहादुर चन्दले बताए । ‘अधिवेशन तयारीका लागि बिभिन्न समिति र उपसमिति गठन गरिएको छ,’ उनले भने, ‘ती समितिमा रहेका साथीहरुले आआफ्नो जिम्मेवारीका काम गरिरहेका छन् ।’ जिल्लाभर झण्डै ५ सय २५ जना प्रतिनिधि छनौट भएका छन् । 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा