कांग्रेसले कर्मचारीका पीडा बुझ्छ : सभापति सिंह

news
news
January 07, 5:14

डोटी,२३ पुष / डोटीमा कार्यरत निजामती कर्मचारीका हरेक सुख दुःखमा नेपाली कांग्रेसले साथ दिने कांग्रेस डोटीका सभापति नरेन्द्रबहादुर सिंहले बताएका छन् । शुक्रबार दिपायलको राजपुरमा भएको नेपाल निजामती कर्मचारी युनियनको नवौ जिल्ला अधिवेशनका क्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै सभापति सिंहले कांग्रेसले सबै कर्मचारीका पीडा बुझ्ने बताएका हुन् ।

घर छाडेर देशको सेवा गर्दै दुर्गममा पनि पुग्ने प्रण गरेका निजामती कर्मचारीलाई कांग्रेस नेतृत्वको सरकारले संरक्षण गर्दै उनीहरुको पीर र मर्कामा सधैँ साथ दिने उनले बताए । डोटीको राजनीतिमा केही फरक पन दिँदै नयाँ नेतृत्व आएको बताउँदै उनले भने,‘हामीले सुक्ष्मरुपमा निजामती कर्मचारीका पीर मर्का बुझेका छौँ, उनीहरुलाई यसअघिको एमाले सरकारले दिएको दुःखलाई मल्हम लगाउन हामी आएका छौँ ।’ यसअघि केपी ओली नेतृत्वको सरकारले कर्मचारीलाई सरुवा गरेर दुःख दिने काम गरेको बताउँदै उनले भने,‘आफ्ना निकटका कर्मचारीलाई सजिलो ठाउँमा र कांग्रेस निकटका कर्मचारीलाई पेल्ने गरेको हामीले देखेका थियौँ, अब त्यो हुँदैन, हामीले हाम्रा कर्मचारीको संरक्षणमा भरपूर सहयोग गर्नेछौँ ।’

आफूले डोटी कांग्रेसको नेतृत्व लिएर आएपछि पहिलो काम निजामती कर्मचारीको प्रोफाइल बनाएर उनीहरु डोटीमा कहिलेदेखि सेवा गरिरहेका छन्, उनीहरुको आवश्यकता के छ रु अहिलेसम्म अवसरबाट वञ्चित भएका कर्मचारीहरुलाई अवसर दिई सम्मान गर्ने कामको सुरुवात गरेको उनले बताए । ‘मैले चाँडै नै डोटीमा रहेका निजामती कर्मचारीको प्रोफाइल तयार पार्नेछ,’ उनले भने,‘उनीहरुको आवश्यकता र अवसरबाट वञ्चितीकरण भएकाहरुलाई कुन ठाउँमा कसरी अवसर दिने भन्ने कुरामा कन्जुस्याइँ गरिने छैन ।’ राजनीतिलाई अगाडि डो¥याउन पनि कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले भने,‘स्थानीय तहमा निर्वाचित भएका हाम्रा जनप्रतिनिधिलाई सही दिशामा डो¥याउँदै उनीहरुको राजनीति पनि सफल पार्न निजामती कर्मचारी साथीहरुको ठूलो हात रहन्छ ।’

कार्यक्रमा विशिष्ठ अतिथि तथा शिखर नगरपालिकाका मेयर सीताराम जोशीले कर्मचारी राज्यको महत्वपूर्ण अंग भएको बताए । उनले भने,‘कांग्रेस नेतृत्वको पालिकाहरूमा कर्मचारीहरुलाई स्वतन्त्र रुपले कानुनी ढंगले काम गर्ने वातावरण बनाएका छौँ ।’ आफूहरु कर्मचारीलाई बिना दबाब काम गर्ने वातावरणको सहजीकरण गरिरहेको उनले बताए ।

जीवनको महत्वपूर्ण समय राष्ट्र सेवामा समर्पित गर्ने कर्मचारीहरुलाई आफूहरुको सम्मान रहेको अर्का विशिष्ठ अतिथि तथा केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए । उनले भने,‘राष्ट्रसेवक कर्मचारीले पनि आफूलाई स्वनियममा बाँध्नु पर्ने, मर्यादित बनेर राज्यलाई सहयोग गर्नुपर्छ ।’
कार्यक्रममा सेवा निवृत्त भएका पूर्व निजामती कर्मचारी युनियनका सदस्यहरुलाई सम्मान गरिएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा