नेकपा एमाले अधिवेशन : डोटी अध्यक्षमा पुनःमल्ल

news
news
January 11, 10:36

डोटी २७ पुष / नेकपा एमाले डोटीको अध्यक्षमा पुनः चक्रबहादुर मल्ल निर्विरोध निर्वाचित भएका छन्। यस अघि पनि जिल्ला अध्यक्ष रहेका उनी आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा चयन भएका हुन।

२०६९ सालमा सम्पन्न जिल्ला कमिटीको सातौ अधिवेशनबाट पहिलोपल्ट अध्यक्षमा निर्वाचित भएका उनी पुनः अध्यक्षमा चुनिएका छन्। उनी  एमालेका प्रभावशाली नेता भीम रावल निकट मानिन्छन्। त्यस्तै रावल निकट मञ्जु मालासी उपाध्यक्षमा चयन भएकी छिन्। उनी दिपायल सिलगढी नगरपालिकाको मेयर हुन्।

जिल्ला कमिटी सचिवमा शेरबहादुर मल्ल, उपसचिवमा कृष्णबहादुर खड्का र तेजबहादुर डुम्रेल निर्विरोध निर्वाचित भएका छन्।  मल्ल शिखर नगरपालिकामा पराजित मेयरका उमेदवार हुन् भने डुम्रेले सायल गाउँपालिकाका अध्यक्ष हुन्।

 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा