मन्त्री आलेद्धारा कञ्चनपुरको मझगाँउ विमानस्थल शिलान्यास
![news](/sites/default/files/styles/carousel_large_image/public/2022-01/271530564_1052259228956649_6072302447664066087_n%20%282%29.jpg?itok=Mx_yKqt1)
कञ्चनपुर,२८ पुस / करिब दुई दशक देखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थलको निर्माण कार्य अघि बढेको छ । बुधवार कञ्चनपुरको मझगाँउ विमानस्थलको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले शिलान्यास गरेका हुन् ।
विमानस्थल निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्ट्रक्सनलाई ४५ करोड ६६ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । विमानस्थलको लम्बाइ एक हजार ५सय २५ मिटरको रहने छ भने ६६ बिघा जमिनमा विमानस्थल रहने छ ।
विमानस्थल निर्माणमा पर्यटन मन्त्रालयको ५०, प्रदेश सरकारको २५, भीमदत्त नगरपालिकाको १५ र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत रकम व्यहोर्ने सहमति यस अघि नै भएको छ ।
फोटो : विमल बहादुर विष्ष्ट