डडेल्धुरामा अमरगढीको नगर बस किन थन्कियो ?

news
news
January 20, 1:11

डडेल्धुरा,६ माघ  / डडेल्धुराको अमरगढी नगरपालिकले २ महिनाअघि खरिद गरेको नगरबस थन्किएको छ। नगर बस सञ्चालन गर्न आवश्यक मापदण्ड बनाउन नसक्दा सेवा सुरु गर्न नसकिएको अमरगढी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमन्त पन्तले बताए।

बस सञ्चालनको मापदण्डमा बस भाडा तथा बसका चालक तथा सह–चालकको तलब भत्ता समेत समावेश गर्नुपर्ने व्यवस्था छ। कार्यविधिको मस्यौदा नै तयार नभएकाले बस सञ्चान गर्ने अझै समय लाग्ने नगरपालिकाले जनाएको छ।
कार्यविधि नगर कार्यपालिकाले पास गरेपछि मात्र मान्य हुने गरेको छ। तर, अमरगढी नगरपलिकामा २ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन। 

नगरपालिकाका अनुसार ठेक्का सम्झौता मार्फत चालकसहित ३६ सिट पास भएको बस खरिद गरिएको हो। बस खरिदका लागि नगरपालिकाले ३६ लाख रुपैयाँको टेण्डर आह्वान गरेको गरेको थियो। ३५ लाख ७० हजार रुपैयाँमा बस खरिद गरिएको नगरपालिकाले जानकारी दिएको छ।

खरिद गरेको बस तत्काल सञ्चालन गरेर नागरिकलाई सेवा दिनुपर्ने नगरवासीको माग छ। अमरगढी नगरपालिका–११ का स्थानीयले सार्वजनिक सवारीका साधन नपाइने भन्दै नगरपालिकाले नगरबस सञ्चालन गर्नुपर्ने माग राख्दै आन्दोलन गरेका थिए।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा