जनता बैंक सेतो पुल शाखाको नगरप्रमुखले गरे उद्घाटन 

Janat
Janat
July 01, 6:05

धनगढी, १६ असार - जनता बैंकले धनगढी उप–महानगरपालिका १ सेतोपुल नजिक आफ्नो शाखा बिस्तार गरेको छ ।
धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र बैंकका चिफ बिजनेस अफिसर कल्याण पाँडेले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन । त्यसैगरी जनता बैंकले शोमबार मात्रै धनगढी लगायत ६ वटा स्थानमा शाखा बिस्तार गरेको जनाएको छ । जस मध्य काठमाण्डौ उपत्यका भित्र ३ र उपत्यका बाहिर ३ वटा शाखा बिस्तार गरेको हो ।
बैंक शाखाको उद्घाटन गर्दै धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले धनगढीमा एक अर्को शाखा बिस्तार हुनु खुसीको कुरो भएको बताए । हरेक ब्यक्तिको बैंक तथा वित्तिय संस्था सम्म पहुँच हुनुपर्छ भन्ने मान्यता हाम्रो हो नगरप्रमुख वडले भने, सर्वसाधारणको पहुँचमा रहने गरि सेवा प्रवाह गर्न म जनता बैंकका संचालक र ब्यबस्थापकहरु संग अनुरोध गर्दछु ।
बैंकहरुको लगानी अहिले पनि सिमित ब्यक्तिहरुको कब्जामा छ नगरप्रमुख वडले भने, आवश्यकता भएर पनि सामान्य ब्यक्तिले ऋण पाउन सकेका छैनन् । यस क्षेत्रबाट संकलन हुने निक्षेप यस क्षेत्रमा लगानि लगाउन सक्ने वातावरण बनाउन नगरप्रमुख वडले आग्रह गरे । धनगढी उप–महानगरपालिकाले सार्वजनिक निजी साझेदारी ऐन ल्याएको जानकारी गराउँदै नगरप्रमुख वडले, ठूला योजनामा स्थानीय सरकार संग पनि साझेदारी गरेर काम गर्न सकिने बताए ।
जनता बैंक सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख मुकुन्द प्रशाद भट्टले देशका ग्रामिणतह सम्म बैंकिङ्ग सेवा पु¥याई सरल र सहज वित्तिय सेवा प्रवाह गर्ने उदेश्यले शाखा बिस्तार गरिएको बताए । शाखाले शोमबार बाट नै कारोवार सुरु गरेको छ । 
 

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा