मेरो श्रृंगारको शाखा मोती चोकमा विस्तार

April 02, 8:06

धनगढी। धनगढीमा मेरो श्रृंगारले नयाँ शाखा विस्तार गरेको छ। धनगढी २ स्थीत एसपिए कलेज जानेबाटो नजिकै रहेको श्रृंगारको पहिलो शाखा धनगढी ८ मोतीचोकमा सञ्चालनमा ल्याइएको हो । २५ लाख बढी लगानीमा आजबाट सो साखा सञ्चालनमा ल्याइएको संचालक सुरेन श्रेष्ठले जानकारी दिए ।

छालाको हेरचाह, सौन्दर्य कपाल तथा मेकअप सम्बन्धि काम हुँदै आएको मेरो श्रृंगारमा ग्राहकको माग र सेवा सुबिधालाई मध्यनजर राख्दै धनगढी ८ मोतीचोकमा सो साखा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । संचालक श्रेष्ठले अधिकाँस ग्राहक तथा उपभोक्ता क्याम्पसरोड, मोतीचोक, फुलबारी, धनगढीगाउँ शिवनगर लगायतका क्षेत्रबाट तालिम लिन आउने र ग्राहकको माग पनी भएकाले सो साखा सञ्चालनमा ल्याएको बताए । सो साखा सञ्चालनको अवसरमा ५० जनालाई निशुल्क ब्युटिसियन तालिम दिइरहेको उनले जानकारी दिएका छन् ।ADVERTISEMENT

उनले भने, सुदुरपश्चिममा ब्रान्डेड कस्मेटिकको आश्यकतालाई महसुस गर्दै सुरुमा मेरो श्रृंगार सञ्चालनमा ल्याइएको हो । जसबाट न्युनतम मुल्यमा राम्रो गुणस्तरीय कस्मेटिक सामान तथा उत्कृष्ठ सेवा प्रदान गर्ने उदेश्य रहेको संचालक सुरेन श्रेष्ठको भनाई छ । आगामी दिनमा साखाहरुलाई बिस्तार गर्दैै कञ्चनपुरको महेन्द्रनगरबाट पनी सेवा बिस्तार गर्ने योजना रहेको उनले बताए । छालाको हेरचाह, सौन्दर्य कपाल तथा मेकअप सम्बन्धि तालिमहरु सञ्चालन भैरहेका छन् । तालिम प्रशिक्षक बबिता चौधरीले ९० भन्दा बढीलाई तालिम दिएको र सौन्दर्य कपाल तथा मेकअप सम्बन्धि बिभिन्न तालिम सिकाईने उनले बताईन् ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड जेन्स पार्ल…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार रुपैयाँ
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा असर
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा