डोटीमा बजार अनुगमन लाखौ मुल्यका खाद्य सामाग्री नष्ट

April 26, 7:07

गणेश मौनी 
बैशाख १३, डोटी / 
जिल्ला प्रशासन कार्यालय डोटीको नेतृत्वमा गरिएको संयुक्त अनुगमन टोलीले एक लाख भन्दा बढी मुल्यको साद्य सामाग्रि नष्ट गरेको छ । 
डोटीको सिलगढी, दिपायल राजपुर, ऐरपार्ट क्षेत्रमा  गरिएको अनुगमन टोलीले १ लाख ३४ हजार ३ सय साठी रुपयाँ बराबरको खाद्य सामाग्रिहरु बरामत गरि नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ । 

उपभोक्ताहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै बजारमा हुने गरेको कालोबजारी,  नियम बिवरीत मुल्य, म्यान नाघेका चिजबस्तुहरुको नियन्त्रण गर्नका लागि बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय डोटीकी प्रशासकीय अधिकृत रमा कुवँरले बताईन् । उनले भनीन अनुगमन  नियमीत रुपमा गर्नुपर्छ तब मात्र यस्तो कुराको नियन्त्रण हुने बताईन् । बजार अनुगमनका कम्रमा खाद्य पर्दाथ सुजी, मसालाहरु, कोक, दालमटहरु प्राय बढीमात्रामा म्याद गुज्रेका भेटीने गरेका प्रशासकीय अधिकृत कुवँरले बताईन् । बजार अनुगमनको अभियान नियमीत रुपमा चल्नुका साथै जिल्लाका ग्रामीण क्षेत्रमा पनि अनुगमन गरिने बताईन् । 

खाद्य पर्दाथमा म्याद नाघेका, पकाउने खाद्य सामाग्रिहरुमा कलर प्रयोग गर्ने गरेको जस्ता सवालहरु अनुगमनमा देखा परेको खाद्य प्रबिधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीका प्राबिधीक सहायक सागर सापकोटाले बताए । उपभोक्ताहरुले सामागि खरीद तथा प्रयोग गर्दा म्याद हेरेर मात्र प्रयोग गर्न सुझाब दिएका थिए । 

नापतौलका सामग्रीहरु सम्बन्धीत कार्यालयबाट परिक्षण पश्चात मात्र प्रयोग गर्न आवश्यक रहेको गुणस्तर तथा नापतौल कार्यालय सिलगढीका प्रमुख सम्भु आचार्यले बताए । उनले भने बजारमा अनुगमन गर्दा आधारभुत रुपमा राम्रो देखिएपनी केही पसलहरुमा तौलको रुपमा ढुंगाको प्रयोग  गर्ने, गरिएको, केही ब्यावसायीले अनुमती नलिई संचालन गरेको, आवश्यक कागजात ठिक ठाउँमा नराखेको पाईएको बताए । 

संयुक्त अनुगमन टोलीले खाद्य सामाग्रिको म्याद, गुणस्तर, नापतौलको अवस्था, ब्यवसायीकले सम्बन्धीत निकाएमा दर्ता आबद्धता कागजातहरु सबैले देख्ने गरि राख्ने गरे नगरेको,  ब्यवसायको नाम,मुल्यसुची हेर्नुका साथै नभएको ब्यवसायीलाई राख्न निर्देशन गरिएको थियो । अनुगमनका क्रममा बढीमा मात्रामा म्याद नाघेका चिउरा, भुजीयादाना, दालमटहरु, बिस्कुट, खानेतेल, सोयबीन, काजु बदाम, चाउचाउ, मसालहरु भेटीका थिए ।  अनुगमन कार्यमा प्रहरी, प्रशासन,नगरपालिका, गुणस्तरीय तथा नापतौल कार्यालय, खाद्य नियन्त्रण तथा गुण नियन्त्रण डिभिजन, नागरिक समाज, पत्रकार, उद्योग बाणीज्य संघ, साना तथा घरेलु उद्योग बिकास कार्यालय लगाएको सहभागिता रहेको थियो । 
 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा