प्रदेशमा कोरोना भित्रिन नदिन जो अहोरात्र सिमामै खटिए

May 01, 3:45

धनगढी, १८ वैशाख/विश्व कोरोना महामारीले आक्रान्त थियो । भारत संगका सिमानाका बन्द थिए । देश लकडाउनले ठप्प थियो । बन्दाबन्दीका कारण जागिर गुमाएका नेपालीहरु हुलकाहुल गौरीफन्टा नाकाबाट ओईरीरहेका थिए । यस्तो त्रासदीका बिच सिमा अलपत्र नागरिको सेवाका लागि खटिएका हुन्थे धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड ।

नगर प्रमुख वड मध्यरातमा भएपनि अलपत्र परेका नेपालीहरुलाई उद्धारमा खटिन्थे । खानापानीको ब्यबस्थापन गर्थे । नगरका स्वाथ्यकर्मीहरुबाट नै कोरोना चेक गर्न लगाउँथे । संक्रमित भएमा धनगढीउपमहानगरपालिकाको आईसोलेशनमा राख्थे भने अन्यलाई होल्डिङ सेन्टरमा राखेर गन्तब्य सम्म पु¥याउँथे । पहिलो र दोश्रो चरणमा फैलिएको कोरोना लकडाउनको अवधिमा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले यसरी नै गौडा (नाका)मै ढुकेर दिनरात नभनेर सेवा दिएका थिए । नगरवासीलाई पर्ने अप्ठेरोमा सेवा र सहयोगका लागि खटिने भएकाले पनि उनलाई धनगढीमा मानव एम्बुलेन्स भनेर चिनिन्छ ।

कोरोना संक्रमण फैलिएको अवधीमा धनगढी उपमहानगरपालिका भित्रका मानिसहरुलाई मात्रैको उद्धार नगरेर त्रिनगर भन्सार नाकामा अलपत्र परेका देशभरीका ब्यक्तिहरुलाई नगरप्रमुख वडको नेतृत्वमा गन्तब्य सम्म पु¥याउने काम गरेका थिए । राजनिति भनेको नै समाज सेवा हो भन्ने मैले बुझेको छ, धनगढी उपमहानगरपालिकामा पुनः नगर प्रमुखको उम्मेदवार रहेका नृपबहादुर वडले भने, ‘ सजिलोमा सबैले काम गर्दछन् अप्ठेरोमा सेवा गर्नुपर्छ भनेर जोखिमका बिच सेवा गरेका हौं ।’ उपमहानगरपालिकाले कोरोनामा अवधीमा ४७ वटा होल्डीङ सेन्टर २ वटा आईसोलेशन संचालन गरेको वडले बताए । हामीले महिलाका लागि छुट्टै आईसोलेशन संचालन गरेका थिए वडले भने, जो देशमै नमुना काम थियो ।’ धनगढी उपमहानगरपालिकाले कोरोना अवधीमा गर्भवती र सुत्केरीकाहरुका लागि निशुल्क एम्बुलेन्स सेवा संचालन गरेको थियो । त्यसैगरी त्यस अवधीमा औषधी र खाद्य सामाग्री समेत राहतको रुपमा वितरण गरेको वडले बताए ।

निरन्तर निशुल्क स्वाब परीक्षण
कोरोना संक्रमणको अवधीमा नृपबहादुर वड नेतृत्वले टिमले निशुल्क कोरोनाको स्वाव संकलन र परीक्षणको ब्यबस्था गरेको थियो । अहिले पनि धनगढी उपमहानगरपालिका अगाडी निशुल्क स्वाव संकलन हुने गरेको छ । धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाका अनुसार उपमहानगरपालिकाले वडामै पुगेर घुम्ती स्वाव संकलन गरेको थियो ।

त्यसैगरी होम क्वारेटाईन र आईसोलेशनमा रहेका संक्रमितहरुलाई घरमै पुगेर सेवा दिईएको नृपबहादुर वडले बताए । कोरोना संक्रमणको समयमा धनगढी उपमहानगरपालिकाको टिमले निकै ठूलो मानवीयताको काम गरेको थियो वडले भने, ‘मेरो अनुहार देखेर पनि धनगढीका मतदाताले आर्शिवाद दिने छन ।

नगरवासीलाई बचाउन अक्सिजन प्लान्ट जडान
अक्सीजन अभावका कारण कोरोना संक्रमितहरुलाई बचाउन गाहे भएपछि नगरप्रमुख नृपबहादुर वडले आफ्नै अक्सीजन प्लान्ट निर्माणका लागि अभियान नै संचालन गरेका थिए । 

अहिले धनगढी उपमहानगरपालिका वडा नं ७ बेली शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा अक्सीजन प्लान्ट जडान भैसकेको छ । अक्सीजन प्लान्ट जडान भएपछि धनगढीमा अक्सीजन आपूर्तिमा सजिलो हुने भएको छ । नगर प्रमुखका उम्मेदवार वडले अक्सीजन प्लान्ट जडान अभियानमा सहयोग गर्ने सबैप्रति आफु सधै आभारी रहेको बताए ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा