माओवादी केन्द्रका पूर्व जिल्ला कमिटी सदस्य काँग्रेसमा प्रवेश 

May 07, 4:31

डोटी २४ वैशाख /  नेकपा माओवादी केन्द्रका पूर्व जिल्ला कमिटी सदस्य एवं शिखर नगरपालिका नगर कमिटी सदस्य ठक्कर नाथ लगायत नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश भएका छन । पूर्व जिल्ला सदस्य नाथलगायतलाइ नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापती वीर वहादुर वलायरले टीका लगाएर स्वागत गरेका छन । नाथ माओवादी केन्द्रका पूर्व जनमुक्ति सेना पनि हुन ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका कार्यकर्ता तेज धामी, नेकपा माओवादी केन्द्र शिखर नगरपालिका वडा नं ११ वडा कमिटी अध्यक्ष नाथ वहादुर विष्ट, नेकपा माओवादी केन्द्रको तर्फवाट गत स्थानिय तह निर्वाचनमा वडा नं ११ का वडा अध्यक्षका उमेदवार एवं नेकपा माओवादी केन्द्र समर्पित शिक्षक संगठन जिल्ला सचिवालय सदस्य लाल वहादुर जोरा लगायत नेपाली काँग्रेसमा प्रवेश भएका छन ।

त्यसैगरी नेकपा एमाले शिखर नगरपालिका वडा नं ११ का वडा कमिटी सदस्य तेज जोरा, चक्र वोहरा, वडा नं ११ कै टोक कमिटी सदस्य टेक जोरा, गणेश जोरा, लोकेन्द्र वोहरा लगायत नेपाली काँग्रेसमा प्रवेश भएका छन । पार्टीमा प्रवश भएका सवैलाइ नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापती वीर वहादुर वलायरले नेपाली काँग्रेसमा सवैलाई सम्मान गरिने वताएका छन ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा