काँग्रेसले नजिते फेरी देश संकटमा जाने छ : सभापति बलायर 

May 08, 12:14

डोटी २५ वैशाख / नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापती वीर वहादुर वलायरले  काँग्रेसले नजिते फेरी देश संकटमा जाने कुरा वताएका छन ।  शिखर नगरपालिकामा चुनावी अभियानका क्रममा सो कुरा वताएका हुन । 

विगत चार वर्ष देश कम्युनिस्टको हातमा परेर टाँट पल्टिएको उल्लेख गर्दै सभापती वलायरले भने  अव देश वचाउन जनताले फेरी स्थानिय, प्रदेश र संघमा नेपाली काँग्रेसलाई जिताउन आग्रह गर्दछु ।

विगत चार वर्षमा केपि ओली नेतृत्वको सरकारले देशको अर्थतन्त्र जथाभावी वितरण र परिचालन गरेका कारण अहिलेको संकट निम्त्याएको हो, सभापती वलायरले भने फेरी पनि देशमा कम्युनिस्टले जिते देश नै असफल वनाउछन । 

चुनावी अभियानका क्रममा सभापती वलायर डोटी जिल्लाका विभिन्न पालिका र वडामा काँग्रेसलाई भोट दिन आग्रह गर्दै गइरहेका छन ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा