ओलीजी संघीयता विरोधी व्यक्ति हो : प्रधानमन्त्री देउवा

May 08, 6:05

पोखरा,२५ वैशाख /  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायित्व र स्थिरताको लागि गठबन्धन आवश्यक रहेको बताएका छन् ।

पाँच दलीय गठबन्धनको चुनावी सभालाई आइतबार पोखरामा सम्बोधन गर्दै उनले केपी ओली शर्मा ओली र उनको पार्टी गणतन्त्र, संघीयताको खिलाफमा भएको बताए ।

‘ओलीको पार्टी र उहाँ स्वयं प्रजातन्त्रको पक्षमा हुनुहुन्न । प्रजातन्त्रको खिलाफको व्यक्ति हो उहाँ । उहाँको अर्कै षड्यन्त्र छ । गणतन्त्रको खिलाफमा, प्रजातन्त्र, संघीयताको खिलाफको व्यक्ति हो उहाँ,’ देउवाले भने, ‘ओलीले जितेपछि के गर्छन् के गर्छन् । भोलि संसद्‍ भंग गर्दिने, पर्सि संसद्‍ चल्न नदिने । एमालेजस्तो अविश्वसनीय पार्टी अन्त कहीँ छैन ।’

प्रधानमन्त्री देउवाले संसद्‍मा कांग्रेसको विरोध सहन नसकेर ओलीले संसद्‍ भंग गरेको पनि बताए । ‘ओलीको आतंकी शासन कस्तो भने संसद्‍को विरोध गर्‍यो भने संसद्‍ नै भंग गरिदिने । संसद्‍ चल्न नदिने । संसदीय व्यवस्था मान्नेखाले पनि होइनन् ओलीजी,’ उनले भने ।

यस्तै उनले कांग्रेसका लागि गठबन्धन सबैभन्दा बढी आवश्यक भएकोले गठबन्धनलाई जोगाउन पनि सबै उम्मेदवारलाई जिताउन आह्वान गरे ।  

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा