सायलका जनता कम्युनिष्ट देखि त्रसित : सभापति जोशी

May 08, 6:31

डोटी,२५ बैशाख  / नेपाली कांग्रेस प्रदेश सभा ‘क’ का सभापति धर्मराज जोशीले सायल गाउँपालिकामा निर्वाचन जित्ने दाबी गरेका छन् । सायल गाउँपालिकाको अध्यक्ष पदका उमेदवार जोशीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफु बहुमतले विजयी हुने दावी गरेका हुन् ।

घरदैलो अभियानका क्रममा सायलका सबै वडाहरु घुमिसके पछि जोशीले यस पटक कांग्रेसले सहजै निर्वाचन जित्ने दावी गरेका हुन् । विगतमा आफुले गरेको सामाजिक कार्य, जनतासँगको घुलमिल, प्रतिपक्षको भुमिका, जनताको सुखदुःखमा दिएको साथ सहयोग र सायलको स्थानीय सरकारले गरेका नराम्रा क्रियाकलाप नै चुनाव जित्ने मुख्य आधार भएको उनले बताए ।

चुनावी प्रचार प्रसार र घरदैलो कार्यक्रम अन्तरगत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले सायल गाउँपालिकाको जनमत आफ्नो पक्षमा रहेको बताए । पाँच वर्षको अवधिमा कम्युनिष्ट निकटको स्थानीय सरकारसँग यहाँका जनताहरु असन्तुष्ट रहेको बताउँदै जनताले त्यसको विकल्प खोजिरहेकोले जनमत आफ्नो पक्षमा रहेको दावी गरेका हुन् । ‘विगतमा कम्युनिष्ट नेतृत्वको सरकार पारदर्शी देखिएन, जनता प्रति उत्तरदायी देखिएन, समाज र विकास प्रति जिम्मेबार भएन ‘जोशीले भने,‘गाउँपालिकामा भ्रष्टाचार मौलायो, आफन्त र नातावाद हावी भयो त्यसको विकल्प भनेको कांग्रेस मात्रै हो ।’ त्यसैले जनताहरु कम्युनिष्टबाट आजादी चाहन्छ मेरो जित्ने आधार नै जनताको चाहना हो उनले थपे ।

२०७४ को स्थानीय तहको निर्वाचनमा जोशी झिनो मतले पछाडी परेका थिए । जोशीको इमान्दारीता, समाज र जनता प्रतिको उत्तरदायी लगावका कारण उनले पुनः कांग्रैेसबाट टिकट पाएका हुन् । जोशीले निर्विरोध गाउँपालिकाको अध्यक्ष पदका लागि टिकट पाएका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा