जनताको विश्वासिलो पार्टी हो कांग्रेस : उप–सभापति जोशी

May 08, 9:00

दिपायल २५ बैशाख  /  नेपाली कांग्रेस डोटीका उप–सभापति नारायण जोशीले नेपाली कांग्रेस जनताको विश्वासिलो पार्टी भएको बताएका छन् । आइतबार शिखर नगरपालिका–२ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस जनताको मन, मस्तिष्कमा बसेको सबैले विश्वास गर्ने पार्टी भएको बताएका हुन् ।

जनताको त्यही विश्वास र आस्थाका कारण कांग्रेस देशैभर बहुमतले विजयी हुने जोशीले बताए । ‘कांग्रेस जनताको आशा र भरोसाको केन्द्र हो । जतिजति बेला देशलाई, जनतालाई संकट पर्छ तब–तब कांग्रेस यो मुलुकलाई आवश्यक पर्छ,‘उनले भने,‘अहिले पनि यो देश संकटबाट गुज्रीरहेको छ । यो संकट हटाउन कांग्रेसले जित्न जरुरी छ । जिताउन जरुरी छ ।’

इतिहाँसको कालखण्डमा कांग्रेसले देशलाई संकटबाट जोगाएको बताउँदै उप–सभापति जोशीले यस अघि कांग्रेस देशका धेरै ठाउँहरुमा चुनाव हारेका कारण जनताले दुःख पाएको र मुलुक, संविधान संकटमा परेको बताए । देशलाई संकटबाट जोगाउन पालिका देख केन्द्र सम्मको निर्वाचनमा जनताले पुनः बहुमत दिलाउनु पर्ने उनले बताए ।

यस अघिका निर्वाचनमा जनताले कम्युनिष्टको परीक्षण मात्रै गरेको बताउँदै जोशीले अबको चुनावमा पुनः कांग्रेसले बहुमत पाउने बताए । उनले सरकार, सत्ता, देश चलाउन नसक्ने, संविधान जोगाउन नसक्ने , जनतालाई संकट र महामारीबाट समेत जोगाउन नसक्ने कम्युनिष्ट पार्टी र तिनका नेताहरुलाई जनताले जनतागत देखाएर हराउनेमा विश्वास व्यक्त गरे ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा