धनगढीका स्वतन्त्र उम्मेदबारद्वारा नृपबहादुर वडलाई समर्थन

May 09, 2:50

धनगढी २६ बैशाख/ धनगढी उपमहानगरपालिकाको नगर प्रमुख पदमा स्वतन्त्र पदबाट उम्मेदवारी दर्ता गराएका मदनकृष्ण भट्टले सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेका छन ।

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि सोमबार आठ बुँदेसहमति गर्दै सत्ता गठबन्धनका नृपबहादुर वडलाई उनले समर्थन गरेका हुन ।
‘मैले नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएकोमा मेरा तपसिलका मुद्दाहरुमा आफ्नो समर्थन जनाई सहकार्य गर्ने भन्ने सहमतिका आधारमा गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार नृपबहादुर वडबाट सहमति जनाएकोले नगर प्रमुखका उम्मेदवारहरुमध्ये सबैभन्दा उत्कृष्ट, क्रियाशिल र विकास तथा समृद्धिका मुद्दा उठान गर्ने र समाधानको लागि सक्रिय तथा स्वच्छ छवीका उम्मेदवार वडलाई समर्थन गरेको छु’ भट्टद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
उनले पार्टीमा समाहित हुने निर्णय गरेको पनि जानकारी दिए ।

‘सम्पूर्ण शुभचिन्तक, इष्टमित्र, साथीभाई तथा आम मतदाताहरुमा गठबन्धनका तर्फबाट अघि सारिएका उम्मेदवारहरुलाई मतदान गरि सहयोग गरिदिन हुन विनम्र अनुरोध गर्दछु’ सो विज्ञप्तीमार्फत आग्रह गरे ।

उपमहानगरपालिका भित्रका माध्यमिक तहका विद्यार्थीहरुलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने, स्वास्थ्य समस्याहरुलाई सबैभन्दा बढी महत्व दिई समाधान गर्ने, डुवानका समस्याहरु अविलम्व समाधान गर्ने, ‘भ्रष्टाचारमुक्त धनगढी’ अभियानको रुपमा कार्यान्वयन गर्ने, खेल, पर्यटन, धार्मिक पर्यटनको विकासका लागि योजनावद्ध विकास गर्ने, अन्य कार्यक्रम गठबन्धनको घोषणापत्र बमोजिम गर्ने लगायतका सहमति रहेका छन ।

भट्टको समर्थन पाएपछि नगर प्रमुख वडले धन्यवाद व्यक्त गरेका थिए । नगर प्रमुख वडले भने –‘सत्ता गठबन्धनसंगै स्वतन्त्र उम्मेदवारले समर्थन गर्दा थप निर्वाचनमा सहजता भएको छ ।’

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा