चुनावी परीक्षामा उभिएका बोगटान फुड्शिलका दुई प्रवल उम्मेदबार

May 10, 5:54

डोटी २७ बैशाख  / बाहिर कडा भित्र निकै नरमपन छ उनमा । दिनदुखी गरिब देख्दा होस् वा अन्यायमा परेकाहरू देख्दा होस् पग्लिन्छ मन । त्यति बेलै आक्रोश पनि बढ्छ अन्यायका विरुद्घमा । तिनै डिलबहादुर बम विगत लामो समयदेखि निडर र शाहसिक पाइलाहरू चलिरहेकै छन् जिन्दगीको गोरेटोमा । ती पाइला समाज सेवाका लागि चलिरहेका छन् । प्रजातन्त्र लोकतन्त्र गणतन्त्र ल्याउनका लागि चले । एकनाशले चलिरहे । हिउँदमा बगिरहेकी सेती नदी झैं एकनाशको गति छ ।

उस्तै मुस्कान छ । न कसैको डर, न लोभ लालच । सहीलाई सही र गलतलाई गलत भन्न पनि हिचकिचाउँदैनन् । चाकडी चाप्लुसी भन्ने शब्द उनको डिस्नरीमा भेटिदैन । डिलबहादुर बम भनेपछि जिल्लामा नचिन्ने मान्छे कमै होलान् । उनी एक हक्की नेताको रुपमा चिनिन्छन् । अझ बढी अन्याय अत्याचार सहन नसक्ने प्रष्ट वक्ताका रुपमा चिनिन्छन् । सानैदेखिको शौख बनिदियो राजनीति समाज सेवा । भित्रि मनले मानेन अरु कुनै पेशा अगाल्न । त्यसपछि उनी होमिए राजनीतिमा ।
२०४६ सालमा प्रजातन्त्र पुर्नस्थापनाका लागि युवा जोश बोकेर सक्रिय राजनीतिमा होमिन पुग्छन् उनी । सोही वर्ष मालिका माबि चौमालामा कैलालीमा नेपाल विद्यार्थि संघ इकाई सविच भएका बम २०४८ सालमा त्रिनगर मावि कैलालीका इकाई अध्यक्ष बने । नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय ढंगले लागिपरेका उनी २०५० सालमा नेविसंघ जिल्ला कार्यसमिति कैलालीका सदस्य बने । त्यसपछि उनी फर्किए गृह जिल्ला डोटी । २०५१ म डोटीमा नेविसंघ जिल्ला कार्यसमिति सदस्य भएर काम गरे । तत्पश्चात २०५२ सालमा नेविसंघ जिल्ला कार्यसमिति डोटी का सचिव भएर आफ्नो सक्रियता बढाए ।


राजनीतिक यात्राको यही दौरानमा २०५४ सालमा नेपाली कांगे्रसका तर्फवाट केदार अखडा गाविस डोटीका लागि पार्टीबाट अध्यक्ष पदको टिकट पाई विजयी भए । २३ वर्षकै उमेरमा गाबिस अध्यक्ष बनेका उनी २०५७ सालमा एथेलेटिक संघ डोटीको अध्यक्षमा चुनिए । गीत संगीत र खेलकुदमा समेत उत्तिकै रुचि राख्ने बम ०६२ सालमा एथेलेटिक संघको केन्द्रीय सदस्य हुँदै हाल नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय समेत सदस्य छन् । –२०५७ सालमा नेपाली काँगे्रस जिल्ला कार्यसमितिको सदस्य बनेका उनी २०५७ सालमा नेपाली काँगे्रस जिल्ला कार्यसमितिको सहसचिव पदमा मनोनित भए ।
पर्टीका लागि अहोरात्र खटिरहेका निडर र निर्भिक उनलाई २०५९ साल दसैंताका तत्कालीन विद्रोही नेकपा माओवादीले घर सम्पत्ति लुटपाट गरी मध्यरातमा घर निकाला गरीदियो । नेपाली कांग्रेसको राजनीतिमा आवद्घ भएकै कारण उनले गाउँ छोडी सुरक्षाका लागि सदरमुकाम बस्नु पर्ने अवस्था आयो ।

बिस्तार बिस्तारै ०६२/०६३ को जनआन्दोलन चर्किन थाल्यो । ०६२/ ०६३ कोे जनआन्दोलमा जिल्लामा अग्र पंक्तिमा देखिन थाले बम । सक्रिय रहेर जिल्लामा नेतृत्वदायि भुमिका निभाएकै कारण उनलाई तत्कालीन शाही सरकारले जिल्ला कारागार डोटीमा जेल चलान ग¥यो । दोस्रो जनआन्दोल सफल भए पश्चात उनलाई रिहा गरियो ।

यसरी देशमा प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र स्थापनार्थ आन्दोलनमा सक्रिए ढंगले देखापर्नेमा एक थिए बम पनि । ०६७ सालमा डोटीबाट नेपाली काँगे्रसको माहाधिवेशसन प्रतिनिधिमा निर्वाचित भई निर्विरोध महासमिति सदस्य समेत बन्न पुगे । त्यस्तै २०७२ सालमा डोटीबाट पुनः नेपाली काँगे्रस माहाधिवेशसन प्रतिनिधि निर्वाचित तथा निर्विरोध महासमिति सदस्य बनेका उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा काँगे्रसको तर्फवाट बोगटान फुड्शिल गाउँपालिकाको अध्यक्ष पदमा झिनो मतले पराजित हुनपुगे । २०७८ सालमा डोटीबाट नेपाली काँगे्रसको १४ औं माहाधिवेशसन प्रतिनिधि बनेका उनी विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रही जनताका हरेक दुःख सुखमा साथ दिइरहेका छन् । यतिखेर नेपाली काँग्रेसका तर्फबाट बोगटान फुड्शिल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका उनी श्क्षिा, स्वास्थ्य, कृषि, संस्कृति तथा पर्यटन लगायतका क्षेत्रमा प्रभावशाली ढंगले काम गरी जनताको जीवनस्तरमा परिवर्तन ल्याउने प्रतिवद्घताका साथ चुनाबी मैदानमा उत्रेका छन् ।

नेपाली कांग्रेसबाट उपाध्यक्ष पदकी उम्मेदबारका रुपमा देखापरेकी छन् विष्णादेवी बम । डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिकामा जन्म भई डोटीको बोगटान फुड्शिल गाउँपालिकालाई कर्म थलो बनाएकी विष्णादेवी राजनीतिकर्मी मात्र नभएर एक असल शिक्षिका पनि हुन् । २०५६ सालमा जनता माबि सकायलमा अध्ययन गर्ने ताका नै नेपाल विद्यार्थी संघको विद्यालय इकाइ कमिटिको कोषाध्यक्षको पदमा रही राजनीतिक जीवनको सुरुवात गरेकी उनी २०६२÷२०६३को जनआन्दोलनमा आफ्नो जिल्लामा सक्रिय ढंगले अग्र मोर्चामा देखापरेकी थिइन् । २०६६ सालमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता प्राप्त गरेकी उनी १२ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि बनेकी बम २०७४ सालको स्थानीय तहको निर्वाचनमा काँगे्रसको तर्फवाट बोगटान फुड्शिल गाउँपालिकाको उपाध्यक्ष पदमा झिनो मतले पराजित हुनपुगिन् ।

हाल उनी महिला संघ डोटीको क्षेत्रीय सचिव तथा अन्तर पार्टी महिला सञ्जालको सचिव पदमा रही सक्रिय राजनीतिक यात्रामा यात्रारत छन् । २०३६ सालको जनमत संग्रहका लागि प्रवासबाट नेपाली कांग्रेसलाई समर्थन गर्दै सक्रिय सहभागिता देखाएका टेकबहादुर बमकी बुहारी हुन पाएकोमा गर्व गर्ने उनी यतिखेर बोगटान फुड्शिल गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार बनेकि छन् । विशेष गरी गरिब, सिमान्तकृत र महिलाका मुद्दालाई प्राथमिकताका साथ बोक्दै आएकी उनी विभिन्न क्षेत्रमा परिवर्तको खाँचो भएको कुरा महशुस गर्दै जनताको जीवनस्तरमा परिवर्तन ल्याउने प्रतिवद्घताका साथ चुनाबी मैदानमा उत्रेकी छन् ।

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा