नयाँ मतदातालाई बुधवार र बिहीबार मतदाता परिचयपत्र उपलब्ध गराइने

May 10, 6:05

डोटी २७ बैशाख  / आगामी शुक्रवार हुने स्थानीय तह निर्वाचनको लगभग सबै “तयारी पूरा भएको” निर्वाचन आयोगले जनाएको छ।  देशका सबै जिल्लामा मतपत्र पुर्‍याउने कार्यदेखि मतदान अधिकृत लगायतका कर्मचारीहरू खटाउने कार्य सम्पन्न भइसकेको र उनीहरू चाँडै सम्बन्धित मतदान केन्द्रमा पुग्ने आयोगको भनाइ छ।

आयोगका अनुसार मतदान अधिकृत लगायतको टोली सम्बन्धित मतदान केन्द्रमा पुगेपछि बुधवार र बिहीवार मतदाता परिचयपत्र वितरण हुने छ। नयाँ संविधान जारी भएपछि सङ्घीय गणतन्त्र नेपालमा दोस्रो पटक स्थानीय तह निर्वाचन शुक्रवार हुन लागेको हो। यसपालिको चुनावमा वैशाख २९ गते अर्थात् निर्वाचनको अघिल्लो दिनसम्ममा १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मत खसाल्न पाउने आयोगले जनाएको छ।

त्यसका लागि देशैभरि १० हजार पाँचसय भन्दा बढी मतदानस्थल र झन्डै २२ हजार मतदान केन्द्र तोकिएको छ। निर्वाचन आयोगको निर्वाचन व्यवस्थापन महाशाखाका प्रमुख तुलसीबहादुर श्रेष्ठ भन्छन्, “मतपत्रहरू सबै जिल्लामा पुगिसकेको अवस्था छ। त्यो मतपत्र हामी सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सम्बन्धित मतदान अधिकृतहरूलाई बुझाउने कामहरू पनि भइरहेको अवस्था छ।”

निर्वाचन आयोगकाअनुसार यसपालिको स्थानीय तह निर्वाचनमा २४ लाख भन्दा बढी नयाँ मतदाता थपिएका छन्। नयाँ मतदाताहरूलाई सम्बन्धित मतदान केन्द्रबाट मतदान अधिकृतले वैशाख २८ र २९ अर्थात् बुधवार र बिहीबार मतदाता परिचयपत्र उपलब्ध गाउने अधिकारीहरूको भनाइ छ।

पुरानो मतदाता परिचयपत्र हराएको वा प्रयोग योग्य नभएकाले मतदातापत्रको माग गर्दै निवेदन पेस गरेकाहरूलाई पनि त्यहि दिन मतदाता परिचयपत्र उपलब्ध गराइने आयोगको भनाइ छ।

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा