डोटीमा एमालेको आधार इलाकामा कांग्रेसका उम्मेदवार विजयी

May 14, 2:56

डाेटी ३१  बैशाख  / डोटीमा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नं. ७ को वडाध्यक्षमा  नेपाली कांग्रेसका उम्मेदवार लाल बहादुर विष्ट प्यानल सहित विजयी हुनुभएको हो ।

विष्ट ३३६ मत ल्याएर वडाध्यक्षमा निर्वाचत हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार वीर बहादुर विष्टले २९८ मत मात्रै प्राप्त गर्नुभएको छ । 

एमालेको आधारक्षेत्र मानिने सो क्षेत्रमा २०४८ साल देखि नेपाली कांग्रेसले पराजय भोग्दै आएको थियो । २०७४ सालको निर्वाचनमा एमालेका तर्फबाट लाल बहादुर विष्ट वडाध्यक्षमा विजयी भएका थिए । नेपाली कांग्रेसले धेरै वर्ष पछि एमालेको आधार इलाका भत्काएको दावी गरेको छ ।

त्यसैगरी दुबै जना खुल्ला सदस्यहरु, महिला सदस्य र दलित महिला सदस्यमा पनि कांग्रेसकै उमेदवार विजयी हुनुभएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

गुरुकुल एकेडेमीमा आम निर्वाचनको झल्को, बिद्यार्थी परिषदका लागी…
धनगढी- धनगढीको गुरुकुल एकेडेमीमा मतदान मार्फत बिद्यार्थी परिषद चुनिन लागेको छ । निजि लगानीमा… विस्तृतमा
धनगढी उपमहानगरपालिकाका मेयर हमाल द्वारा पदभार ग्रहण…
धनगढी ९जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले पदभार ग्रहण गरेका छन । … विस्तृतमा
कञ्चनपुरको पुनर्वासको मेयरमा काँग्रेसका शर्मा र उपमेयरमा राना…
धनगढी, ९ जेठ ।  कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका… विस्तृतमा
कोरोनामा अहोरात्र खटिएका गज्जुः कान्छा वडाध्यक्ष बन्दाको फराकिलो…
धनगढी, ६ जेठ /  धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा