
धनगढीको मत परिणाम सार्वजनिकः स्वतन्त्र उम्मेदवार हमालको अग्रता

May 14, 3:28
धनगढी, ३१ वैशाख । धनगढी उपमहानगरपालिकाको मतगणनाको पहिलो मत परिणाम सार्वजनिक भएको छ । गणना वडा नम्बर १ बाट सुरु गरिएकोमा पहिलो एक सय मत गन्दा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम गरेका छन् ।
उनले ५५ मत पाउँदा गठबन्धनका उम्मेदवार नृपवहादुर ओडले २२ मत पाएका छन् । एमालेका रणवहादुर चन्दले २ मत पाएका छन् । २१ मत बदर भएका छन् ।
उपमेयरमा गठबन्धनका शान्ति अधिकारीले ४० मत पाएका छन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २० मत पाएका छन् । मतगणना धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनमा भइरहेको हो ।
May 22, 5:21
May 22, 1:03
May 22, 1:03
June 17, 8:45
June 18, 4:05
June 19, 7:59
June 20, 7:58
सम्बन्धित वर्गका समाचारहरू
May 20, 6:12
धनगढी, ६ जेठ / धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा… विस्तृतमा
May 20, 9:45
डोटी ६ जेठ / नवनिर्वाचित जनप्रतिनिधिलाई नेपाल प्रेस युनियन डोटीले `कलम´ उपहार दिएको छ। बिहीबार… विस्तृतमा