नगर प्रमुख बलायर निर्देशन : कर्मचारीलाई ड्रेस अनिवार्य, सूचनाको हकको कार्यान्वयनमा जोड

May 20, 2:54

दिपायल – शिखर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख दीर्घ बलायरले सूचनाको हकको कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ । पदभार ग्रहण पछि नगरपालिकाका कर्मचारीहरुसँग परिचय गर्दै जनताले सहज सूचना पाउने व्यवस्था मिलाउन र अनिवार्य पोशाक लगाउन निर्देशन गर्नु भएको हो ।                                                                                बलायरले नगरपालिकाका हरेक सार्वजनिक सूचनाहरू जनताले सहजै भेटाउने गरेर स्मार्ट एप सञ्चालनमा ल्याउन र नगरका हरेक वडाको डाटा वईबसाइटमा अनिवार्य राख्न अनुरोध गर्नु भयो । जनताको काम छिटो र छरितो गर्नका लागि ईमेल, इन्टरनेट र नयाँ प्रविधिको प्रयोग गर्न निर्देशन दिँदै उनले गुनासो सुन्ने देखि, निवेदन लिन दिनसक्ने व्यवस्था मिलाउन अनुरोध गर्नु भयो।                                                                                

राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिहरु मिलेर नगरलाई समृद्ध बनाउन लाग्नु पर्नेमा जोड दिँदै मेयर बलायरले जनतालाई मुस्कान सहितको सेवा छिटो छरितो र भरपर्दो माध्यमबाट दिन अनुरोध गर्नु भयो ।                              पदभार ग्रहण गर्दै नवनिर्वाचित उपप्रमुख सुनिता रावलले महिला मैत्री योजना, सुशासन, न्याय र सूचनामा जनताको सहज पहुँच र जनतालाई आवश्यक विकास निर्माणका कार्यमा जोड साइन बताउनु भयो ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा