सचिवालय सुदृढीकरण पहिलो प्राथमिकता हुन्छ : धनगढीका नवनिर्वाचित मेयर हमाल

May 22, 4:46

धनगढी , ८ जेठ / धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले पहिलो प्राथमिकता सचिवालय सुदृढीकरण गर्ने बताएका छन् । धनगढीको मेयरमा विजयी भएपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

‘पहिलो प्राथमिकता सचिवालय सुदृढीकरण हुन्छ, किनभने जबसम्म सचिवालय सुदृढीकरण  हुँदैन् तब सम्म कुनै पनि योजनाहरू सही तरिकाले कार्यान्वयन हुँदैनन् । त्यस कारणले अहिले जुन सचिवालय छ । यसलाई कसरी सुदृढीकरण गर्न सकिन्छ भनेर कार्यालय प्रमुख र विभिन्न शाखाका प्रमुखहरू सँग बसेर उहाँहरूको सल्लाह लिएर हामी अगाडि बढ्छौँ,’ उनले भने ।  

यस्तै हमालले उपमहानगरपालिकामा रहेको अधुरा योजनाहरूलाई निरन्तरता दिने बताउदैँ उनले भने,‘जति पनि अधुरा योजनाहरू छन् त्यसलाई पनि सम्पन्न गर्नको लागि हाम्रो पहिलो प्राथमिकता नै रहन्छ । अधुरा रहेका योजनाहरूलाई समय सीमा भित्र गुणस्तर कायम गरेर सम्पन्न गर्ने कार्यतर्फ लाग्छौँ ।’  

आइतबार सम्पन्न मतगणना अनुसार हमालले २६ हजार ८६५ मत पाउँदै उपमहानगरको प्रमुखमा विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका नृपबहादुर वडले १४ हजार ८१७ मत प्राप्त गरे । 

यस्तै, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ९ हजार ११५ मत ल्याए । यता उपमेयरमा एमालेकी कन्दकला राना विजयी भएकी छिन् । सुरुवाती चरणबाट माओवादी केन्द्रकी शान्ति अधिकारीलाई पन्छाइरहेकी रानाले अन्ततः अधिकारीलाई पछि पार्दै उपप्रमुखमा विजयी भएकी हुन् ।

उनले १५ हजार ४७९ मत पाउँदा माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत पाइन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत पाए ।गत वैशाख ३० गते शुक्रवार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ६४७ जनाले मतदान गरेका थिए। उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो। 

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

अछाममा आगोले जलेका घाइतेलाई प्रधानमन्त्रीको निर्देशनमा…
धनगढी - आगलागीमा परेर गम्भीर घाइते भएका अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं.-८ कोसेडीका दुई… विस्तृतमा
सुदूरपश्चिममा काँग्रेस संसदीय दलको कार्य विभाजन टुङ्ग्याउन…
सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस भित्र संसदीय दलको कार्य विभाजन सर्वसम्मत बन्न नसकेपछि निर्वाचन… विस्तृतमा
दार्चुलामा गठबन्धनका कार्यकर्ताले अवरुद्ध गरेको सडक खुल्यो
दार्चुला - दार्चुलामा गठबन्धनका कार्यकर्ता अवरुद्ध गरेको सडक सुचारु भएको छ। नेकपा एमालेका… विस्तृतमा
‘राष्ट्रपतिको संविधान विरोधी कदम भन्दै कैलालीका…
धनगढी  - सरकारमा सहभागी दलहरूका कैलाली स्थित भातृ तथा युवा सङ्गठनहरूले नागरिकता विधेयकमा… विस्तृतमा